CG Electronics
IME Life
NIMB

नबिल बैंकलाई झन् नम्बरी बैंक बनाउन बिनोद चौधरीले बढाए सक्रियता,यी तीन बैंक यसरी गाभिदैछन्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।  एकै पटक ३ वटा संस्थालाई एक्विजेशन (प्राप्ति) गर्ने तयारीलाई नबिल बैंकले अन्तिम रुप दिए संगै नविल बैंक मर्जर तथा एक्वायरमा आक्रमकरुपमा प्रस्तुत भएको हो । नबिल बैंकलाई सधै एक नम्बरको बैंक बनाउन बिनोद चौधरी यसरी आक्रामक भएका हुन्।

नबिल बैंकले ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंक र ‘ग’ वर्गको राष्ट्रियस्तरको फाइनान्स कम्पनीलाई गाभ्ने प्राप्ति गर्न लागेको हो ।

एक्विजेशन प्रक्रियामा सहभागी भएको विश्वस्त स्रोतले दिएको जानकारीअनुसार नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक, गरिमा विकास बैंक र युनाइटेड फाइनान्सलाई एकैपटक प्राप्ति गर्ने तयारी अन्तिम चरणमा छ ।

‘नेटवर्थअनुसार तीनवटै संस्थाको करिब एउटै खाले स्वापमा एक्विजेशनको अन्तिम तयारी भएको छ,’ एक्विजेशन प्रक्रियामा सहभागी स्रोतले जानकारी गरायो।

नेपाल बंगलादेश बैंकको मुख्य लगानीकर्ता बंगलादेशको आइएफआईसी बैंकले नबिल बैंकसँग एक्विजेशनमा जानको लागि सैद्दान्तिक सहमति दिएको छ । आइएफआइसी बैंकमा बंगलादेशको सरकारको लगानी छ ।

‘एनबी बैंकको सबैभन्दा ठूलो सेयरधनी नबिलसँग एक्विजेशनमा जानको लागि तयार भइसकेको छ, स्वापमा केही प्रतिशतमा कुरा मिल्न बाँकी छ,’ स्रोतले भन्यो, ‘३५ देखि ४० मा फाइनल हुनसक्छ ।’

एनबी बैंकमा रहेका नेपाली लगानीकर्तालाई नबिलसँग एक्विजेशनमा जानको लागि कुनै पनि खाले समस्या छैन ।

यस्तै राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंकलाई पनि नविलले प्रस्ताव गरेकोे छ । युनाइटेड फाइनान्समा मुख्य लगानी नै चौधरी ग्रुपको हो । जसको कारण नबिलसँग एक्विजेशनमा कुनै समस्या छैन ।

‘युनाइटेडसँगै वाणिज्य बैंक र विकास बैंकसहित बिग एक्विजेशन गर्ने हाम्रो तयारी हो,’ नबिल बैंक स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले कुराकानी भइरहेजसरी एक्विजेशन भयो भने नबिल बैंकको नाममा कारोबार हुनेछ र संचालक समिति पनि नबिल बैंककै हुनेछ । व्यवस्थापन समितिमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बरिष्ठ डेपुटी सीइओकोरुपमा निरन्तरता पाउने छन् । अहिले नबिलमा दुईवटा डेपुटी सीइओ छन् ।

यसबाहेक केही तीनवटा संस्थाका केही बरिष्ठ अधिकारीले निरन्तरता पाउने छैनन् भने तल्लो तहका कर्मचारीले निरन्तरता पाउने छन् ।

नबिल बैंकले मर्जरभन्दा पनि आफ्नो रणनीतिमा एक्विजेशनमा प्राथमिकता दिएको छ । पछिल्लो ५ वर्षमा मर्जर तथा आक्रामक शाखा विस्तारले एनआईसी एशिया अगाडि लागेको छ ।

तीनवटा संस्था मर्ज भएपछि नबिल बैंकको निक्षेप ३ खर्ब ४० अर्बभन्दा बढी हुन्छ । कर्जा ३ खर्ब रुपैयाँ भन्दा बढी हुनेछ । यसबाहेक शाखा संख्या करिब ३ सय हुन्छ । मुख्य सहरमा भने नबिल बैंकसहित करिब दुई दर्जन शाखा नजिक रहेको छ । यसलाई स्थानान्तरण गर्नुपर्छ ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनाउने बैंक पनि नबिल नै हो।

‘मर्जर तथा एक्विजेशनमा मुख्य समस्या देखिने स्वापमा ठूलो समस्या छैन, सबै कुरा मिल्यो भने बैशाखभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुनेछ,’ सम्बन्ध स्रोतले भन्यो ।
स्रोतका अनुसार नबिल बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएपछि नबिललाई थप दबाब हुनेछ । आगामी साता हिमालयन र इन्भेष्टमेन्टबीच मर्जरमा जाने समझदारी गर्दैछन् ।

नेपाल स्टक एक्सचेन्जमा नबिलसँग एक्विजेशनमा जाने भनेपछि पछिल्लो समय तीनवटा नै संस्थाको सेयर मूल्य बढेको छ । एनबी बैंकको सेयर मूल्य पछिल्लो एक महिनामा एक सय रुपैयाँले बढेर ४०३ मा पुगेको छ ।

यस्तै गरिमा विकास बैंकको १६० रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ । युनाइटेडको ८० रुपैयाँले सेयर मूल्य बढेर ४३० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...