nic bank
Nmb bank
Machhapuchchhre Bank

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई अकल्पनीय दुर्घटनाबाट गुमाएको आज २८ बर्ष पुगे

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ  । जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई अकल्पनीय दुर्घटनाबाट गुमाएको आज २८ बर्ष पुगेको छ । स्व. नेताद्वय भण्डारी र आश्रितको २८औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्वाञ्जली अर्पण गर्न चाहन्छु ।

भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको बाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल बन्नुभएको थियो । २०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो ।

यी दुई पार्टी एकीकृत भएर नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण बनेको थियो । छरिएका वाम पार्टीहरूलाई गोलवन्द गर्न तथा लोकतन्त्र पक्षधर गैरवाम शक्तिहरुसँग कार्यगत एकता गरी त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता र निष्कर्षका आधारमा तत्कालिन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सफल भएको थियो ।

बैचारिक रुपमा प्रखर नेता भण्डारी कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर नवीन विचार प्रतिपादक तथा अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो । जननेता भण्डारीले हामीलाई छाडेर जानु भए पनि उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’बाट हामी मार्गनिर्देशित छौं । वर्तमान राजनीतिक परिवेशमा उहाँले स्थापित गर्नुभएको विचार झनै सान्दर्भिक र समयसापेक्षित बन्दै गइरहेको छ । त्यसैले हामीले उहाँलाई भावनात्मक हिसाबले मात्र कदापि बुझ्नुहुँदैन् । उहाँलाई एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा भन्दा पनि यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो ।

जननेता मदन भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको थियो । त्यही जगमा नेकपा (एमाले) आज जनतामा लोकप्रिय पार्टीका रुपमा स्थापित छ । उहाँले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।

२०३५ असार आखिरीमा पहिलोपटक मेरो उहाँसँग भेट भएको थियो । तर, २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि उहाँ कहिल्यै नभेटिने गरी हामीबाट बिदा हुनुभयो । जननेता भण्डारीसितको चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध र सहकार्य तथा मित्रता र सानिध्यतामा अत्यन्त विश्वास, आत्मियतामा एउटै कमिटीका सदस्य र सहयोद्वा कमरेडको रुपमा बिताएँ । मदनसित विताएका ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन्, जसलाई म कहिल्यै विर्सन सक्दिन ।

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक-२०२४’ कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनि विक-२०२४’ कार्यक्रम सम्पन्न

वि.सं.२०८० चैत १४ बुधवार ०२:२९

काठमाडाैँ । नेपाल राष्ट बैंककको संयोेजनमा विगत वर्षहरूजस्तै यस वर्षपनि...

भलिबलको उपाधि नौकुण्ड युवा समाजलाइ

भलिबलको उपाधि नौकुण्ड युवा समाजलाइ

वि.सं.२०८० चैत ८ बिहीवार ०८:३५

रसुवा । प्रथम रसुवा नेकोस कप खुल्ला जिल्ला स्तरीय पुरुष...

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत

वि.सं.२०८० चैत २ शुक्रवार ०५:५४

  काठमाडौं । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी...

प्रोफायल : हरिवंश किन खलासी हुन पाएनन् ? नेमिष गौतम

प्रोफायल : हरिवंश किन खलासी हुन पाएनन्...

वि.सं.२०८० फागुन २९ मंगलवार १५:५५

काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा...

मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी

मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी

वि.सं.२०८० फागुन २९ मंगलवार १२:४९

  काठमाडौं । पछिल्लो समय नेपालसारिकामा जनसंख्या १० प्रतिभातीत करीव...

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

वि.सं.२०८० फागुन २० आइतवार १३:४१

काठमाडौं ।  नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...