CG Electronics
IME Life
NIMB

कोइराला परिवारको नाडी छामेका निरौलाले राखे यस्तो प्रस्ताब,नयाँ बहसको गरे थालनी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको राजनितीमा अनेक खालका चलखेल हुन थालेपछि नेपाली कांग्रेस समाजवादीका अध्यक्ष गोबिन्द निरौलाले मुख खोलेका छन। सामाजिक संजाल मार्फत उनले नयाँ बहसको थालनी गरेका छन्।

उनले लेखेका छन्_ मित्र हरुको भनाई छ,नेपालको राजनीतिमा वीपी लाई कुनै दोष दिनु हुदैन तपाईहरुले वीपीको बिराषत अंगाल्नु पर्दछ। मेरो बिचारले वीपीको विचारालाई लान्छना गरेको वा मैले वहालाई तिरस्कार गरे जस्तो लाग्दैन। कारण अग्रज नेताहरुको भनाईलाई बैज्ञानिक विश्लेषण गर्दै आधुनिकताको बाटोमा अघि बढौ,कुनै तिरस्कार होइन।

वीपीले राजालाई बम हान्न लगाउदा मैले विशेष अधिकारसहितको राजसंस्था भनेको छु।वहाले प्रजातान्त्रिक समाजबाद भन्नू भएको थियो।नीति पुजिबादी थियो। मैले संबैधानिक प्रजातन्त्र भनेको छु। र विश्व सबैधानिकताको कुरा उठाएको छु।जहासम्म कोइराला परिवार भन्ने भनाई छ,मेरो आमाको जन्मघरको थर कोइराला हो। मैले पनि गिरिजा प्रसाद कोइराला,नोना कोइराला र प्रकाश कोइरालाको नजिक बसेर काम गरेको छु। मेरो राजनीतिको स्कुलनै त्यही हो।

सुशील कोइराला संगको सम्बन्ध पनि नजिक थियो।समश्या त्यो हो पछिल्लो समयमा बैचारिक छलफल गर्ने साथिहरु नेपाली काग्रेसमा अटाउन सकेनन। र कोइराला भन्ने थरले अरु थरको मानिसमाथी कुनै नकरात्मक कुरा सुनाए त्यो मानिसको बरे नेगेटिभ योजना अघि बढ्न थाल्यो । काग्रेस बाट टाढा भएर रहेका प्रजातन्त्र वादी साथिहरु धेरै हुनुहुन्छ। हामी सबै साथि हरुलाई सम्मान गर्दछौ।

अर्को कुरा, हामीहरु नेपालको राजसंस्था देश र प्रजातन्त्र बचाउनको लागि आवश्यक छ भन्ने मानिसहरु।जसरी राजसंस्थाको बिघटन गरियो समीक्षा हुन जरुरी छ। राष्ट्र निर्माता र राष्ट्रको बिरुद्धमा कुनै बहस हुन सक्दैन। नत कोशी गण्डकी जस्तो आत्मघाती कदमलाई स्विकार गरेर वीपीको बिरासत भन्ने मुद्दामा सहमत हुन सक्दछ। आधुनिकता र बैज्ञानिकताको निम्ति संबैधानिक प्रजातन्त्रको स्थापना गरौ। जसले गर्दा राष्ट्रिय एकता कायम हुन सकोस।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...