गजल

वि.सं.२०७८ जेठ ४ मंगलवार १४:५५

राजनीतिमा कस्तो कस्तो जालझेल हुन्छ?
भित्रभित्रै षड्यन्त्र हुन्छ, बाहिर छुट्टै तालमेल हुन्छ
भाषणमा त भन्छन् सबै कर्याकर्तासँग राम्रै सम्बन्ध छ
यथार्थमा राजनितीमा मनमुटाव अनि पेलापेल हुन्छ
हिजोजस्तै आज पनि फेरिएनन् जनता
छिन छिनै वचन फेर्ने कस्तो अनौठो चलखेल हुन्छ ?
कुरा मिल्दैन अनि देशको नाममा माया देखाइ
भिडाउँछन द्धन्द्ध जनता नै रक्तमुछेल हुन्छ
एक अर्कोलाई धारेहात लगाएर, कहिले पुगिन्छ माथि
खोज्नैपर्छ अब यस्तो कुकार्यमा को को सामेल हुन्छ ?
आफैँ नेता भइ कानुन तोड्नेहरूलाई
मेरो देश नेपालमा कस्तो जेलनेल हुन्छ ?
कतिले मागे न्यायको भिख सुन्नेले नसुनेपछि
पीडितको आँखामा आँसुको भेल हुन्छ
भाषणमा त मख्ख परियो देशले कोल्टे फेर्छ भनी
झूटकै खेती पो रैछ न त यथार्थमा रेल नै हुन्छ ।
राजनीतिमा कस्तो कस्तो जालझेल हुन्छ?
भित्रभित्रै षड्यन्त्र हुन्छ, बाहिर छुट्टै तालमेल हुन्छ।