CG Electronics
Ncell NPL
NIMB

कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बनाउँदै युपीएफ

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाण्डौ ।  सात दशकदेखि विभाजित र अघोषित  युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच  शान्तिमय पुनर्मिलनका लागि यसिया प्रशान्तका विभिन्न राष्ट्रका विज्ञहरू समेटेर अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न भएको छ ।

विश्वको उदाउँदो आर्थिक शक्ति कोरियाली राष्ट्रहरुको पुनर्मिलन विश्व शान्ति र सुरक्षाको लागि अपरिहार्य छ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसन सक्रिय रहेको छ ।

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्ति र सुरक्षाका अवसरहरु बिषयमा अन्तराष्टिय स्तरका छलफलका कार्यक्रमरु संस्थाले गदै आएको छ । विगत सात दशकमा अझै पनि विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि प्रस्तुत गरेका छन ।

२०२१ को जुलाइ महिनाको ७ र ८ मा सम्पन्न उक्त २ दिवसीय भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र यसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा  बिभिन्न दृष्टिकोणहरुमा छलफल भएको थियो । एशिया प्रशान्त क्षेत्रमा सम्पन्न  सम्मेलनको लागि ४१  राष्ट्रका लगभग ५००० व्यक्तिले  प्रत्यक्ष दर्ता गरेर सहभागी भएका थिए । ४५ जना वक्ताहरुमा, विभिन्न राष्ट्रका पूर्व राष्ट्र प्रमुख , संसद, कुटनितिक विज्ञहरूले सम्मेलनमा सम्बोधन गरेका थिए ।

यूपीएफको स्थापना सन २००५ मा. डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुन (जो अहिले विश्व शान्ती अभियान्को नेतृत्व गरिरहनु भएको छ ) द्वारा आयोजना द्वारा गरिएको थियो ।  विश्व शान्ती महासंघका अन्तरास्ट्रिय अध्यक्ष डा. थोमस जि. वाल्सले यसिया प्रशान्तको शान्ती र विश्व शान्तिका लागि बिभाजित दुई कोरियाविच एकता हुनु अपरिहार्य भएको प्रश्ट्याउनु भएको थियो । उक्त सम्मेलनको समापन सत्रमा फिलिपिन्स्का पुर्व सभामुख होसे डि. भेनेसियाले “फादर मुन र मदर मुनले तीस वर्ष अगाडि उत्तर कोरियाको भ्रमण गरि तत्कालिन राष्ट्रपति किम इल सुङ लाई भेटेर सुरुवात गरेको कोरियाली प्रायद्विपको शान्ती र पुन एकीकरण एकदिन अवश्य सम्पन्न हुने बताउनु भयो ।

दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका र दुबै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलन भए बिश्वमा सकारात्मक सन्देश जाने छलफलमा सहभागिहरुले बताएका छन् ।

दुई दिन सम्म चलेको सम्मेलनमा नेपालका लागि प्रान्सका लागि पूर्व नेपाली राजदुत डा.मोहन कृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लाथि २०१८मा भएको ओलम्पीक खेलले महत्पूर्ण भूमिका निर्बाह गरेको बताउँदै अहिले दुबै देशले एकिकरणको अभियान शुरु गरेको बताए । उनले दुबै देशले एक अर्कालाई बिश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा  एशियन रिजनल ईन्सटीच्यूट अफ जुछे आईडिय डेपुटी सेक्रेटरी जनरल सुभाष काजी श्रेष्ठले पछिल्लो समय दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास भएको बताउँदै दुबै देशका राष्ट्रप्रमुखले २०१८मा भेटेर एकिकरण हुन सक्ने आशा पलाएको बताए । उनले कोरिया एकिकरणको अभियान बिस्तारै सम्भव हुने बताए ।

पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । युनिर्भसल पीस फेडेरेसन एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।

कोरियाली देशहरुको पुनर्मिलनले कोरियामा मात्र नभएर एसिया प्रशान्त अनि विश्वमा  नै दिगो शान्ती र सुरक्षा स्थापना हुने छ । कोरियाली भुमिमा  फेरि कहिल्यै हामिले विध्वंसात्मक युद्ध देख्नु पर्नेछैन । बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालिहरु सदैव शान्तिको पक्षमा भएकोले दुई कोरियाको पुनर्मिलन र शान्ति नेपालले स्वागत गर्ने ढकालले बताए ।

सम्मेलनमा बाचन प्रबिणल दिनबन्धु पोखरेल लगायतले बोलेका थिए । यसैलाई सार्थकता दिन नागरिक सामजको पहलकदमी कोरियाली पुन एकिकरणका सम्भव बनाउन कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गर्न विज्ञहरूको अन्तर्राष्ट्रिय संजाल निर्माण थिंक ट्यांक २०२२ स्थापना गरेका थिए ।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...