CG Electronics
IME Life
NIMB

सेन्चुरी बैंकका सिईओ गौतमको नौ महिना समय बाँकी हुदै राजीनामा ?

NIMB
Himalayan Bank

 

काठमाडौँ । सेन्चुरी बैंकका सिइओ तुलसीराम गौतमले समयावधी छदै राजिनामा दिए छन । निजले आफ्नो राजिनामा संचालक समितिलाई दर्ता गराएर दिएका छन् जब की सिइओले संचालक समितिका अध्यक्षलाई राजिनामा दिने प्रचलन छ ।

नौ महिना समय बाँकी हुदै अध्यक्षलाई राजिनामा नदिनु र दर्ता गराएर दिनु आफैमा रहस्यमय छ। सिइओ र अध्यक्षको सम्बन्ध अत्यन्त सुमुधुर रहदा रहदै पनि गौतमले किन राजीनामा दिए कौतुहलता बढेको छ ।

बैंक स्रोतका अनुसार उहाँलाई एमएम रेमिटबाट रेमिटेन्स रकम करिव छ लाख डलर नआएको मुख्य कारण र त्यसमा संलग्न व्यक्ति को–को भन्ने गोप्य रहस्य थाहा थियो । सायद कुरा लुकाएर राख्दा आफु पनि फसिएला भन्ने डरले गत पौष मसान्त देखि नै उहाँ राजिनामा दिने मनस्थितीमा हुनुहुन्थ्यो ।

उक्त रेमिटेन्स रकमको हिनामिना सिआईबिले सञचालक समिति र सिइओलाई समेत केरकार गरेको थियो । सो हिनामिना साविकको सञ्चालक समिति समेत संलग्न रहेको केही संचालकलाई आभाष भएको छ ।

हाल बैंकको अवस्था अत्यन्त मजबुत रहेको र खराब कर्जाहरु सबैलाई प्रोभिजन व्यवस्था गरिसकेको हुँदा नाफा कम भएको देखिन्छ । जसले बैंकको आन्तरिक राजनीतीलाई चिर्दै व्यापार गर्न सकोस ।
सेन्चुरी बैंकको नयाँ सिइओ बन्ने दौडमा कुमार लम्साल, शिवनाथ पाण्डे र त्यसै बैंकका डेपुटी सिइओ मनोज न्यौपानेले पहल गरिरहेको बुझिएको छ ।

तर उहाँहरुले पहल गरेको छन । जहाँसम्म मनोजको कुरा छ उहाँ आन्तरिक राजनीतिमा अत्यन्त व्यस्त हुने व्यक्तित्व हो । सिइओ त कुशल व्यवस्थापक पो हुनुपर्छ न की राजनीतिज्ञ ।

सिइओ भन्दा डेपुटी सिइओले संस्थामा धेरै काम गर्न सक्छ तर उहाँ सिइओलाई असहयोग गरेर आफु कसरी सिइओ बन्ने भन्ने दौडमा हुनुहुन्थ्यो । मनोज न्यौपाने डेपुटी सिइओ हुन नपर्ने र निजको बेला भई नसकेको र सिईओका लागि अपरिपक्व रहेको चर्चा पनि छ।

यश बैंकमा नाम चलेका सिइओ कोही आउन नसक्ने देखिन्छ । फेरि हिजो गलत कार्य गरेका संचालकहरुको कच्चा चिठ्टा खुल्ने डर र त्रासले राम्रा व्यक्ति सिइओमा प्रवेश नगर्न दिने सम्भावना पनि उत्तिकै छ ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...