CG Electronics
IME Life
NIMB

आज पाथिभारा माताको दर्शनसँगै श्रावन २५गतेको राशिफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

आजको राशिफल
२०७८ साउन २५ गते, सोमवार, ९ अगस्ट २०२१। श्रावण शुक्लपक्ष प्रतिपदा तिथि १८ः४४ बजेदेखि द्वितीया। अश्लेषा नक्षत्र, १०ः३५ बजेदेखि मघा। चन्द्रराशि– कर्कट १०ः३५ बजेदेखि सिंह।
उपप्रा। लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य० ९८४१३५२१६४

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक अवसरमा अलमलिनुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। तर अवसरका लागि केही जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले अवसर दिलाउनेछ। कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। सम्भावना देखिए पनि केही समस्याले अल्झाउन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। खर्च लागे पनि यात्राको साइत जुर्नेछ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। भौतिक साधनको कमीले काममा विलम्ब हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति अनुकूल देखिए पनि काम गर्न समय लाग्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर काम थाल्नुहोला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। केही उपलब्धिका स्रोत भने पहिल्याउन सकिनेछ।

सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर, परोस्थितिवश सामान्य काममा अलमलिनुपर्ला। अवसरवादीहरूले झुक्याउन सक्छन्। तापनि, मिहिनेतले काम बनाउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा

रौतहटमा एसइईको अन्तिम तयारी : १० हजार...

वि.सं.२०८२ चैत १७ मंगलवार ०७:१८

रौतहट । यही चैत १९ गतेदेखि देशभर सञ्चालन हुन लागेको...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...