CG Electronics
IME Life
NIMB

अर्थ मन्त्रालयले वास्ता नगरेपछि चिनी अभाव र मूल्य बढ्न सक्ने, साल्ट ट्रेडिङको माग किन भएन पूरा ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  मुख्य चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव हुन सक्ने देखिएको छ । अर्थ मन्त्रालयले समयमै चिनी आयात गर्न स्वीकृति नदिएमा चाडपर्वमा चिनी अभाव हुने र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्था आउन लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई चिनी आयात गर्न दिन माग गरेको महिनौँ भइसक्दा पनि अर्थ मन्त्रालयले अझै स्वीकृति दिएको छैन । जसको कारण बजारमा चिनी अभाव हुन सक्ने देखिएको हो ।

सरकारी कम्पनी साल्ट ट्रेडिङसँग भएको चिनी मौज्दात घट्दै गएको छ । अहिले संस्थानसँग ३०० टन पनि चिनी मौज्दात छैन । समयमै चिनी आयात गर्न नपाए चिनीको अभाव हुने संस्थानले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ संस्थानसँग भएको चिनीले चाडपर्वलाई नपुग्ने बताउँछिन् । चिनी आयात गर्न पाउने वा नपाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको उनले बताइन् ।

दसैँ, तिहारका लागि मात्रै ६० हजार टन चिनी आवश्यक पर्ने संस्थानका प्रवक्ता कुमार राजभण्डारीले बताए । उनका अनुसार संस्थानले ६ महिनाअगाडि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको हो । तर, अहिलेसम्म अर्थले निर्णय दिएको छैन ।

चिनी आयात गर्न ग्लोबल टेन्डर गर्नुपर्ने हुन्छ । त्यसका लागि न्यूनतम एक महिना लाग्ने राजभण्डारीले बताए । “चिनी आयात गर्न ग्लोबल टेन्डर गर्नुपर्ने हुन्छ । त्यसका लागि न्यूनतम एक महिना लाग्छ । सरकारले द्रुत गतिबाट आयात गर्ने भने पनि थोरैमा पनि १५ दिन लाग्छ,” उनले भने ।

अर्थ मन्त्रालयले तत्काल चिनी आयात गर्न स्वीकृति नदिएमा चिनी अभाव हुने संस्थानका अधिकारी नै बताउँछन् । चिनीको मौज्दात घट्दै गएपछि चिनीको बिक्री पनि कम गर्दै लगेको उनले बताए । “चिनी सकिन्छ भनेर हामीले कम मात्रामा बिक्री गरेका छौँ,” उनले भने ।

सरकारले समयमै निर्णय नगर्दा प्रत्येक वर्षको चाडपर्वका बेलामा चिनीको अभाव हुने र त्यसको मूल्य उपभोक्ताले तिर्नुपर्ने नियति बन्दै आएको छ ।

संस्थानले अत्यधिक खपत हुने चिनी चाडपर्वलक्षित गरी अनुदानमा भन्सार सहुलियतमा आयात गर्दै आएको थियो । संस्थानले गत वर्षको भदौमा ५० हजार मेट्रिक टन आयात गर्न अनुमति मागेको थियो भने २० हजार टन आयात गर्न पाएको थियो ।

संस्थानले बजार मूल्यको तुलनामा सहुलियत दरमा चिनी बिक्री–वितरण गर्दै आएको छ । दसैैँ, तिहार, छठजस्ता चाडपर्वका बेलामा संस्थानले छुटसमेत प्रदान गर्दै आएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...