CG Electronics
IME Life
NIMB

मेयर महर्जनको दादागिरी,मापदण्ड विपरित सयम फल्चाको शिलान्यास

NIMB
Himalayan Bank

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा समय फल्चा पाटी निर्माण गर्ने भन्दै पुल्चोकको सडकपेटी भत्काइएको छ । सार्वजनिक जग्गामा पाटी बनाउने विषयमा परेको मुद्धा बिचारधिन रहेको अवस्थामा गुण्डागर्दी शैलीमा पुल्चोकमा रहेको श्री लालीगुरास सहकारी संस्थाको भवनमा असर पर्ने गरी भत्काइएको छ ।

स्थानीय टोल सुधार समितिको नाममा आज बिहान करिब साढे ४ बजे सरकारी मापदण्ड भित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै भवनमा असर पर्नेगरी भत्काइएको हो । सहकारीको मुख्य कार्यालय प्रवेशद्धारमै जोडर चलाएपछि कर्मचारीले बिरोध गर्दा कर्मचारी माथिनै हातपात गरेका थिए । मेयर महर्जनको निर्देशनमा नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भवन भत्काउन लगाएका थिए ।

जिल्ला अदालतको आदेश भन्दै सडक पेटीमा डोजर चलाएपछि केहीबेर बिरोध भएको थियो । जिल्ला अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्नेगरी निर्माण गर्न स्वीकृत दिएको थियो । तर मेयर महर्जनले अदालतको आदेशको अपहेलान गर्दै छापामार शैलीमासयम फल्चा पाटीको शिलान्यास गरेका थिए ।

अदालतको आदेश विपरित सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेपछि मेयर विरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ती जनाएका छन् । महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा सडक भत्काउने काम भएका कर्मचारीको आरोप छ ।

मेयर महर्जनले जबरजस्ती पाटी निर्माण गर्न भन्दै शिलान्यास गरेपछि विरोध शुरु भएको छ । २ सय वर्ष पुरानो पाटी सिलान्यास गर्दा खुसी साटासाट गरेका मेयर महर्जनले २०३८ सालमा आफु वडा अध्यक्ष हँुदा पाटी थियो कि थिएन भन्ने विषयमा हेक्का राखेका थिएनन । उल्टै कानुनको धज्जी उडाएर पाटी शिलान्यास गरेका छन् ।

उनले करिब २५ हजार सदस्य रहेको संस्थाप्रति रिस पोख्दै जबरजस्ती पाटी शिलान्यास गरेका हुन । मेयर महर्जनले अबको स्थानीय निर्वाचनमा आफुले काम देखाउन र राजनीति नारा अघि बढाउन समय फल्चा पाटी बनाउन खोजेका हुन । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भएकै ठाउमा पाटी थियो वा थिएन भन्ने विषय मेयर महर्जनलाई जानकारी नै छैन । तर लामो समयदेखि सोही स्थानमा पाटी बनाउछु भन्दै लागेका मेयरले अब मानहानीको मुद्धा बेहोर्नुपर्ने अवस्था आएको छ ।

 


सरकारको स्वमित्वमा रहेको जग्गामा पाटी बनाएरै छाड्छु भन्ने मेयर महर्जनको हौसियायीलाई कसैले बुझन सकेका छैनन् । तत्कालिन ललितपुर उप–महानगरपालिकाको बोर्डको बैठकको निर्णयलाई गुमराहमा राख्दै पाटी बनाउन कस्सिएर लागेका उनले त्यहा पाटी भए वा नभएको विषयमा किन उत्खनन गर्ने आट गर्न सकेका छैनन । स्थानीयको बलमा मनोमानि रुपमा पाटी शिलान्यास गरेपछि राजनीतिक वृतमा समेत उनको आलोचना भएको छ ।

मेयर महर्जनले महानगरपालिकाको सिङगो कार्यपालिका, पार्टी र जनताको साथ नलिइकनै एकलौटी रुपमा शिलान्यास गरेका छन् । शिलान्यास गर्दा हतारमा आएका उनले हतारमै पुजा गरेर फर्किएका थिए ।

सर्वोच्च अदालतको हवाला दिने महर्जनले सर्वोच्चको आदेशमा फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने विषय उल्लेख छ । मेयरका कामप्रति सोही वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जनसहमत छैनन । उनको एउटा मात्र भनाई छ पहिला पाटी कहाँ थियो उत्खनन गर्नुपर्छ । पाटी छ भने जस्तो छ त्यस्तै बन्नु पर्छ ।

निर्वाचन आउन ८ महिना बाकी रहदा जसरी पनि पाटी शिलान्यास गरी फेरी मेयर बन्ने रणनीति बनाएका उनले स्थानीयलाई सडकमा उतारेर द्धन्द बढाउदै र कानुन विपरित शिलान्यास गरेका छन् ।

बिसं २०६८ साल मंसिर २५ गते बसेको उप–महानगरपालिकाको बोर्डको बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको,काठमाडौ उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११÷११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने उल्लेखे थियो ।

सो बैठकले कित्ता नम्बर ३२७ सडक सिमाभित्रै रहेको देखिएकोले उक्त कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार रऐनले तोकेको अन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिदा सो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समयफल्चा पाटी पुनःनिर्माण समितिको राय माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।

साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन ।

सो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर सो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहा अहिले बटुवा हिड्ने गरेका छन् ।

अदालतले त मुल सडक पेटीलाई असर नपर्नेगरी पाटी निर्माण गर्न आदेश दिएको थियो । सो आदेशलाई वङग्याएर मेयर महर्जनले पाटी शिलान्यास गरेका हुन । यसअघि जिल्ला प्रशासन कार्यालय ,सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने सो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । महानगले पाटी निर्माण गर्न ३० लाख रुपिया विनीयोजन गरिसकेको छ । गत आबको बजेट कार्यान्वयन नहुने देखेपछि मेयर महर्जनले स्थानीयलाई देखाएर नियम विपरित पाटी बनाउन खोजिरहेका छन् ।

सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमीव्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे मानहानीमा मुद्धा दर्ता गर्ने तयारी भएको छ ।

मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गर्दै संस्थाकोसम्पतिमा नोक्सान हुनेगरी डोजर चलाएका छन् – श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भन्नुभयो । उहाले उच्च अदालतमा विचाराधिन मुद्धा किनारा नलाग्दै पाटी शिलान्यास गर्नु गलत भएको आरोप लगाउनुभयो । भन्नुभयो–मेयरको यो कार्यले कानुनको धज्जी उडाएको छ । यस विरुद्धमा कानुनी उपचारमा जानेछौ ।

सडक डिभिजन ललितपुरले ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले सो स्थानमा पाटी बनाउन नमिल्ने उल्लेख छ । सडक डिभिजनले निर्णय अवज्ञा गरे सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिनसमेत चेतावनी दिएको छ । तर मेयर महर्जनले दलबल सहित बिहीबार पाटी शिलान्यास गरेका छन् ।

 

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...