CG Electronics
IME Life
NIMB

एनआरएनएको विवाद सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको विवाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

अमेरिकामा बसोबास गर्ने रविनराज बज्राचार्यले दायर गरेको रिटमा एनआरएनएको विषयमा लेखा बाहेक अरु मामिलामा परराष्ट्रले हेर्न नमिल्ने भनेर परमादेशसहित अन्तरिम आदेश मागदाबी गरिएको थियो । बज्राचार्य गत एनआरएनए एनसिसि अमेरिकाको चुनावमा कृष्ण लामिछानेको प्यानलबाट आईसिसि सदस्यमा पराजित व्यक्ति हुन ।

बज्राचार्य अदालतमा उपाध्यक्ष बद्रि केसि,महासचिव हेमराज शर्मा र सचिव गौरी जोशीले एनआरएनएमा गरेको मनोमानिको समर्थनका लागी पुगेका थिए । उनले संघको बर्तमान समितिको बचाउ गर्दै उक्त समितिबिरुद्द पररास्ट्रलगायत कुनै पनि निकायमा जान पाईदैन भनि गरेको मागलाई अदालतले अस्वीकार गरेको हो । बज्राचार्य आफनो प्यानलको मनोपोली अन्त्य हुने डरले अदालत पुगेका थिए तर उनको समूह असफल भएको छ ।

संघको दशौँ महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा व्यापक धांधली गरिएको भनेर परराष्ट्र मन्त्रालयमा केहि दिनपहिले उजुरी परेपछी पररास्ट्रले संघका अध्यक्ष कुमार पन्तलाई बोलाई त्रुटी सच्याउन निर्देशन दिएको छ ।

“सर्वोच्चले परमादेश जारी गर्न अस्वीकार गरेर परराष्ट्र मन्त्रालयले एनआरएनएमा भएका अनियमितताहरु छानबिन गर्न पाउंछ भन्ने कानूनतः पुष्टि भएको छ,” निवेदकहरु मध्ये एक एनआरएनए अमेरिकाका सल्लाहकार बेद खरेलले भने । “अब संघको संरक्षक परिषदले परराष्ट्र मन्त्रालयले दिने प्रतिवेदनलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं ।”
खरेल सहित मानार्थ सदस्य नवराज ओली ९शनि० कतार र आइसीसी पूर्व सचिव जानकी गुरुङले पररास्ट्र मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराए पछि गत १० सेप्टेम्बरमा मन्त्रालयले तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिले संघका अध्यक्ष कुमार पन्त, संघका प्रमुख कार्यकारी अधिकृत राजेश राणा तथा उजुरीकर्ताहरुसँग छुट्टा छुट्टै बयान लिएको थियो । समितिले छिट्टै प्रतिवेदन बुझाउने समेत बताएको छ । संघको केन्द्रीय सचिवालयले संघको विधानलाई आफूखुसी ब्याख्या गर्ने, आफ्नो अनुकूल नरहेका एनसीसीहरुलाई विनाकारण दुख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहोरो मापदण्ड अपनाउने काम गरिएको निवेदकहरुले दावी गरेका थिए ।

सन २००३ मा स्थापना भएको गैर आवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

यसैबीच बिहीबार ‘खुला डबली’ मा बोल्दै संघका केन्द्रीय सल्लाहकार तथा २०२१(२३ का लागि अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले परराष्ट्र मन्त्रालय विरुद्ध अदालतमा मुद्दा हाल्ने काम लज्जास्पद भएको बताए । उनले परराष्ट्र मन्त्रालयले छानबिन शुरु गरे पछि संघ शुद्धिकरणको बाटो तर्फ लागेको पनि जनाए ।

उनले आफुले गैरआवासीय नेपाली संघभित्र रहेका विकृतिहरु सुधार गरेर अरु राम्रो संघ बनाउने अभियानमा रहेको जनाउदै यो अभियानमा सबै सच्चा गैरआवासीय नेपालीहरुले सहयोग गर्नु हुने छ भन्नेमा विश्वास लिएको बताए ।

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...