सेल्स एण्ड मार्केटिंगको क्षमता अभिबृद्धि हुने
Monday Oct 04, 2021
वि.सं.२०७८ असोज १८ सोमवार १०:३४
बिश्वब्यापि कोरोना महामारीले गर्दा हरेक क्षेत्रको जनजिवन प्रभावित गरेको भए पनि समय सापेक्ष रुपमा समाजका सबै जनजीवनका क्षेत्रहरु आ–आफ्नो बिकासमा लागि परेका छन् । यसै क्रममा नेपाल बजार बिक्री प्रतिनिधी संघले पनि आप्mना सदस्यहरुको क्षमता अभिबृद्धि तथा वैयक्तिक बिकासका लागि एनटिपी टुरिजम अफयर्स कलेजसंग सहकार्य गरेको छ ।
आज काठमाण्डौंमा उक्त कलेज र संघ बिच भएको एक सहमती अनुरुप अब नेपाल बजार बिक्री प्रतिनिधी संघका सदस्य र तीनका एकाघरमा आश्रीत पारिवारिक सदस्यहरुले उक्त कलेजमा अध्ययन अध्यापन गरिने शैक्षिक कार्यक्रमहरुमा नियमानुसार भर्ना भई अध्ययन गर्दा बिशेष सहुलियत उपलब्ध गराईने भएको छ ।
झण्डै एक दशक देखि सञ्चालनमा रहेको यस कलेजका शैक्षिक कार्यक्रमहरु थाईल्याण्डको श्रीपातुम बिश्व–बिद्यालयसंगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिभुवन बिश्व–बिद्यालयबाट सम्बन्धित बिषयमा समकक्षताको मान्यता प्राप्त गरेको छ ।
काठमाण्डौंको डिल्लीबजार स्थीत सञ्चालनमा रहेको यस एनटिपी टुरिजम अफयर्स कलेजले स्नातलक तहमा होटल म्यानेजमेन्ट तथा स्नाकोत्तर तहमा एमबिए शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दछ । कलेजले नेपाल नै पहिलो पटक स्ट्राटेजिक मार्केटिंग बिषयमा स्नाकोत्तर तहको ब्यापार ब्यबस्थापन (एमबिए) शैक्षिक कार्यक्रम सञ्चालन गर्दछ ।
स्ट्राटेजिक मार्केटिंगलाई शुद्ध नेपालीमा भन्नु पर्दा रणनितिक बजारीकरण वा बजार ब्यबस्थापन हुन्छ । उच्च शिक्षामा यस्तो किसीमको बिशिष्टकृत अध्ययन अध्यापनले बिभिन्न शैक्षिक तथा सामाजिक पृष्टभुमीबाट बिबिध बस्तु तथा सामाग्रीहरुको बजार तथा बिक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिबृद्धि हुनुका साथै पेशालाई नै ब्यबसायिक र मयार्दित बनाउन मद्दत पुग्ने कुरा सो समारोहलाई सम्बोधन गर्ने बक्ताहरुको रहेको थियो ।
कलेजसंगको सहकार्यले बिक्री बितरण पेशाकर्मीहरुको बैयक्तिक बिकासमा ठुलो सहयोग पुग्ने कुरामा आफु बिश्वस्त रहेको कुरा संघका केन्द्रिय अध्यक्ष श्री सुर्य प्रसाद पराजुलीले आज राजधानीमा आयोजित समारोहमा बताउनु भयो । बजारीकरण हाम्रो समाजको पुरानो पेशा भए पनि पेशाकर्मीहरु नै एक किसीमले अदृश्य रुपमा रहेको बजार र बिक्री कर्मलाई यस्तो किसीमको प्राज्ञिक सहभागिताले बिशिष्टकृत र बैज्ञानिक बनाउंदै लैजाने कुरा समारोहलाई सम्बोधन गर्दै उक्त कलेजका अध्यक्ष श्री दिनेशकुमार कण्ठले बताउनु भयो ।

























