सरकारले १ खर्ब ७९ अर्ब २३ करोड खर्च गर्दा २ खर्ब २२ अर्ब ढुकुटीमा भेला गर्यो
Monday Oct 04, 2021
वि.सं.२०७८ असोज १८ सोमवार १५:०८
सरकारले दशैंअघि नै असोज महिनाको भुक्तानी सक्न प्रयास गरेको छ। त्रैमासको अन्तिम महिना असोजमा सार्वजनिक बिदा परेपछि २२ गतेअघि नै भुक्तानी सक्ने तयारी गरेको हो।
सरकारले १० दिनमै ९० अर्बभन्दा बढी भुक्तानी दिइसकेको छ जसमा ८ लाख ५० हजार बैंकिङ कारोबार भैसकेको छ। सामान्यतया प्रतिमहिना ६ लाख वटा बैंक कारोबार हुन्छ। तर दशैंअघि तलब भत्ता सामाजिक सुरक्षा भत्ता पेन्सन लगायत शिर्षकमा भुक्तानी दिनु पर्ने भएकाले अत्यधिक बैंकिङ कारोबार हुन जान्छ।
असोज महिनामा मात्रै सरकारको १ खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ। भुक्तानीमा दवाव भएपछि माहालेखा नियन्त्रक कार्यालयले दैनिक १८ घण्टासम्म काम गरिरहेको छ।
बैंकिङ कारोबारमा समस्या आउन सक्ने भन्दै राती २ बजेसम्म कार्यालयको काममा बस्ने गरेको एक कर्मचारीले बताए। ती कर्मचारीले भने ुअसोज महिना क्लोजिङ महिनापनि हो यो महिना दशैं समेत परेकोले भुक्तानीका लागी सबैभन्दा प्रेसर हुने महिना हो, अहिले कोष तथा लेखा नियन्त्रक कार्यालयले गरेको भुक्तानीमा समस्या आउँछ कि भनेर बिहान ५ बजेदेखी राती २ बजेसम्म काम गर्ने गरेका छौं।ु
असोज २५ गतेसम्म भुक्तानीको समय भएपनि बैंकिङ प्रणालीबाट दशैंभन्दा ढिलो भुक्तानी हुन सक्ने भन्दै सो अगावै भुक्तानी सक्ने तयारी सरकारको छ। कार्यालयको तथ्यांक अनुसार असोज महिनामा पेन्सनमा मात्रै १२ अर्ब रुपैंया भुक्तानी गएको छ।
यसैगरी तलब भत्तामा २० अर्ब भुक्तानी गएको छ। भदौ २ गते जाने स्थानीय तहको भुक्तानी समेत असोज महिनामै खप्टिएपछि अहिले भुक्तानीको चाप बढेर गरेको हो। हालसम् सरकारले १ खर्ब ७९ अर्ब २३ करोड खर्च गरेको छ भने २ खर्ब २२ अर्ब प्राप्ति गरेको छ।

























