hastakal ad lamo
janaganan ad lamu
ime long ad

निषेधाज्ञा लगाउने घोषणासँगै हवाई भाडा बढ्यो,हेर्नुहोस् अब कहाँको कति ?

Machhapuchchhre Bank ad

kumari long ad

बिहिबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणासँगै उपत्यका बाहिरका गन्तव्यको हवाई भाडा ह्वात्तै बढेको छ ।

स्थानीय प्रशासनले काठमाडौँ उपत्यका छाड्न चाहनेलाई दुई दिनको समय दिएसँगै बाहिरेनेको संख्या बढ्न थालेपछि आन्तरिक उडानको भाडा तेब्बरसम्म वृद्धि भएको छ ।

कोरोनाको हटस्पट बनेको काठमाडौं छाड्न चाहनेको संख्या वृद्धि भई यात्रुको चाप बढ्दा अधिकांश आन्तरिक गन्तव्यको हवाई भाडा वृद्धि भएको हो ।

यात्रुको चाप एक्कासी बढेपछि आन्तरिक हवाई सेवा प्रदायकहरुले धमाधम भाडा बढाएका हुन् । सामान्यतया हवाई भाडा यात्रु चापका आधारमै निर्धारण हुने गर्दछ । भाडा वृद्धि भए पनि मंगलबारका लागि अधिकांश स्थानको टिकट बुक भइसकेको विमान कम्पनीहरुले बताएका छन् ।

सामान्य अवस्थामा काठमाडौँ भद्रपुर हवाई भाडा ३ हजारदेखि ४ हजार रुपैयाँसम्म बढेर ९ हजारसम्म पुर्याइएको छ । मंगलबारका लागि यस रुटको भाडा यति एयरलाइन्सको ८ हजार, श्री एयरलाइन्सको ९ हजार, र सौर्य एयरलाइन्सको ६ हजार ८५० रुपैयाँ भाडा छ।

यस्तै, बुद्ध एयरले मंगलबार बिहानका उडानमा ६ हजार ६५३ र दिउँसोका लागि ८ जहार ९२१ रुपैयाँ भाडा तोकेको छ ।

यसैगरी मंगलबारका लागि काठमाडौँ विराटनगर रुटको भाडा ७ हजारसम्म पुगेको छ । यसदिन विराटनगरका लागि सौर्य एयरलाइन्सले विभाडा ५ हजार ९००, यति एयरलाइन्सको भाडा ७ हजार १६५ रुपैयाँ र बुद्ध एयरको ६ हजार ७०० रुपैयाँ भाडा छ। सामान्य अवस्थामा काठमाडौँबाट विराटनगर जान ३ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म हवाई भाडा लाग्छ ।

यसैगरी, मंगलबार काठमाडौँबाट धनगढी जान बुद्ध एयरलाइन्सको भाडादर करिब ११ हजार रुपैयाँ भाडा छ। सामान्य अवस्थामा काठमाडौँबाट धनगढी जान ४ देखि ५ हजार रुपैयाँसम्म हवाई भाडा लाग्छ।

यसैगरी, मंगलबारका लागि काठमाडौं पोखरा रुटको भाडादर ३ हजार रुपैयाँसम्म रहेको छ । यस दिनका लागि बुद्ध एयरको २ हजार ८९५ रुपैयाँ, यति एयरलाइन्सले २ हजार ७९५ रुपैयाँ रहेको छ । सामान्य अवस्थामा यस रुटको भाडादर १७०० देखि २ हजार रुपैयाँसम्म हुने गर्थ्यो ।

यसैगरी, काठमाडौं नेपालगञ्ज रुटको यति एयरलाइन्सको भाडा ७ हजार १९४ रुपैयाँ, बुद्ध एयरको ८ हजार ४९२ रुपैयाँ रहेको छ । सामान्य अवस्थामा यस रुटको भाडादर ४ हजार हाराहारीमा हुन्थ्यो ।

मंगलबारका लागि अधिकांश गन्तव्यमा भाडादर वृद्धि भएको छ भने टिकट समेत बुक भइसकेका छन् ।

janaganan ad lamu
century bank long ad

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:१६

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै...

एसबीआई मर्चेन्ट बैंकिङले पुस ६ बोलायो एजीएम

एसबीआई मर्चेन्ट बैंकिङले पुस ६ बोलायो एजीएम

वि.सं.२०७८ मंसिर ७ मंगलवार १०:०७

नेपाल एसबीआई मर्चेन्ट बैकिङले पुस ६ गते छैंठौं वार्षिक साधारण...

 देशको अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा कम्पनीले चार खर्बको बीमा कोष खडा

 देशको अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा कम्पनीले...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०९:१७

  काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि...

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५६

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको...

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र...

वि.सं.२०७८ मंसिर ४ शनिवार ०९:१२

  काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६...