CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’ तयार भएर कार्यान्वयनको चरणमा रहेको बोर्डका सूचना अधिकारी सोभित रिजालले जानकारी दिए ।

‘वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्नैपर्ने गरी कार्यविधि बनिसकेको छ । ऐनमा पनि यसको व्यवस्था छ,’ रिजालले भने, ‘अब यसको कार्यान्वयन दसैं लगत्तै गर्ने तयारी भइरहेको छ ।’

कार्यविधि अनुसार यो व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगार विभागसँग सहकार्य गर्ने भएको छ । यो व्यवस्था लागु भएसँगै परिवारको स्वास्थ्य बीमा गरिसकेपछि मात्रै कुनै पनि व्यक्तिले वैदेशिक रोजगारीको लागि स्वीकृति पाउँछ । ‘विभागमा बोर्डबाट एक जना कर्मचारी खटिनेछन् र श्रम स्वीकृति लिने स्थलमै स्वास्थ्य बीमा गर्न सकिने गरी व्यवस्था मिलाउँछौं,’ रिजालले भने ।

वैदेशिक रोजगारमा जान चाहने व्यक्तिको परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गरेसँगै स्वास्थ्यमा उनीहरुको सहज पहुँच हुने बोर्डले विश्वास लिएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्ति र उनीहरुको परिवारको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै यो व्यवस्था लागु गर्न लागिएको हो,’ रिजालले भने ।

बैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य बीमा अनिवार्य गरिएपछि स्वास्थ्य बीमाको दायरा अझै बृद्धि हुनेछ भने विदेशमा पुगेका नेपाली युवाहरुको घर परिवारको स्वास्थ्य उपचारको जिम्मेवारी बोर्डमार्फत राज्यको काँधमा आउनेछ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...