CG Electronics
IME Life
NIMB

कर्जा तथा ब्याजदर सम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँ बाट लिन सकिने ‘सरल बैंकिङ सेवा’ मा यस्ता छन् सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले सरल बैंकिङ सेवाु सञ्चालनमा आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेप तथा प्रदान गर्ने कर्जाको ब्याजदर, ब्याजदरको तुलना र अनलाइन बैंकिङ सम्बन्धी सम्पूर्ण जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यले सरल बैंकिङ सेवा सञ्चालनमा आएको हो।

यसलाई घटस्थापनाको दिनदेखि कम्पनीले सुरु गरेको हो। सरल बैंकिङ सेवामा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने घर, गाडी, शैक्षिक कर्जा इत्यादिको ब्याजदर र सेवा शुल्कको बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ। आफैंले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने ब्याजदर बीच तुलना गर्न सकिनेछ।

यसबाटै कर्जाको लागि आवश्यक योग्यता मापन र कर्जाको मासिक किस्ता रकम ९इएमआई० आफैंले मापन गरेर हेर्न सकिनेछ। सरल बैंकिङ सेवामा बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने क्रेडिट कार्ड बारेसमेत सम्पूर्ण जानकारी समेत दिइएको छ।

‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने निक्षेप तथा कर्जा सम्बन्धी सानोभन्दा सानो जानकारी प्राप्त गर्न पनि बैंकहरु धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न पनि यस प्रकारको सेवाको सुरुवात गरेका हौं,’ सरल बैंकिङ सेवाका प्रबन्ध निर्देशक सुनिसकुमार लाखेले भने, ‘सरल बैंकिङ सेवा सञ्चालनमा आएसँगै यसले नाम अनुसार ग्राहकहरुलाई सरल तरिकाबाट थप सेवाहरु प्रदान गर्नेछ।’

विशेषगरी, अबको केही समयमा सरल बैंकिङ सेवामा आबद्ध हुन चाहने सेवाग्राहीले सरल बैंकिङ सेवा डटकममा लग इन गरेर पनि आफूले चाहेको बैंक तथा वित्तीय संस्थाहरुमार्फत सजिलै खाता खोल्न तथा कर्जा आवेदन दिन सक्नेछन्।

त्यस्तै, एकै ठाउँमा बसेर सम्पूर्ण बैंकहरुको ब्याजदर तथा सेवा सुविधा सम्बन्धी जानकारी तथा तुलना पनि गर्न सक्ने प्रबन्ध निर्देशक लाखेले जानकारी दिएका छन्।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...