आइपीओ निष्कासन गरेको सामलिङ्ग पावरको हितग्राही खातामा जम्मा,कारोबार कहिले ?
Tuesday Nov 23, 2021
वि.सं.२०७८ मंसिर ७ मंगलवार ०८:०२
काठमाडौं । करिब एक महिना पहिला आइपीओ निष्कासन गरेको सामलिङ सामलिङ्ग पावरको आईपीओ हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SPC सिम्बोल पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड कार्तिक १६ गते, मंगलबार सम्पन्न भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियो । जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए ।























