hastakal ad lamo
janaganan ad lamu
ime long ad

राष्ट्र बैंकका कर्मचारीसँग बैंक वित्तीय संस्था डराउनुपर्ने अवस्थाको अन्त्य गर्नु पर्छ : अर्थमन्त्री

Machhapuchchhre Bank ad

kumari long ad

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएका छन्र । नेपाल राष्ट्र बैंक परिसरमा मंगलवार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो  बताएका हुन् ।

मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले गैरआवसीय नेपाली ९एनआरएन० लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको जानकारी दिए ।

उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताएका हुन् । एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उनले बताए ।

मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने सुभालव समेत दिएका छन् । पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैं डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी मन्त्री शर्माले अझै पनि कर कार्यालयको अधिकृत भन्ने बित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै सहज वातावरण बनाउनुपर्ने बताए ।

त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उनको भनाइ छ ।

janaganan ad lamu
century bank long ad

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

एनआईसी एशिया बैंकलाई आइएसओबाट प्रमाणपत्र

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५७

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति...

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १८:५१

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ...

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयकाे कर्मचारीलाई बिना...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:५३

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत...

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा मंसिर २८ गते

मेगा बैंकको ११ औं वार्षिक साधारणसभा मंसिर...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:४२

  काठमाडौं । मेगा बैंक नेपाल लिले आफ्नो ११ औं...

सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा रु.१०० बोनस र स्मार्टफोन उपहार पाइने

सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:२६

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी...

खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता

खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ...

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०९:१०

काठमाडौं । खल्ती डिजिटल एप नामक वालेटले म्यादी जीवन बीमा...