एसबीआई मर्चेन्ट बैंकिङले पुस ६ बोलायो एजीएम
Tuesday Nov 23, 2021
वि.सं.२०७८ मंसिर ७ मंगलवार १०:०७
नेपाल एसबीआई मर्चेन्ट बैकिङले पुस ६ गते छैंठौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोकिनेछ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।























