CG Electronics
IME Life
NIMB

सेयर बजार ३२ दशमलव २९ अंकले घट्यो

NIMB
Himalayan Bank

साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलब १२ विन्दुमा पुगेर बन्द भएको हो ।

कारोबार रकम भने सामान्य मात्रामा बढेको छ । २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । बैंकले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ ।

नेप्सेका अनुसार अन्य समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे भएको छ । होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचक शून्य दशमलव ४३ प्रतिशतसम्मले घटेका छन् ।

एउटा कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेको छ । मानुषी लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार ९९० रुपैयाँ १० पैसा पुगेको छ ।

आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण खुलायो, बुक बिल्डिङमा सहभागी हुन आह्वान

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:१०

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...