हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न
Thursday Nov 25, 2021
वि.सं.२०७८ मंसिर ९ बिहीवार १०:२८
महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा सम्पन्न गरेको छ ।
यही मंसिर ५ गते इटहरी नमुना कलेजमा कम्पनीले ५० विद्यार्थीलाई बिमासम्बन्धी चेतनामूलक प्रशिक्षण दिएको थियो । सोही दिन हरिनगरा माविमा करिव १५० जना विद्यार्थीलाई पनि बिमासम्बन्धी चेतनामूलक प्रशिक्षण दिइएको महालक्ष्मी लाइफले जनाएको छ ।
मंसिर ६ गते गौरीशंकर बहुमुखी क्याम्पस गौरमा ५० जना स्नातक तहका विद्यार्थीलाई पनि बिमासम्बन्धी चेतनामूलक प्रशिक्षण दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए। प्रमुख अथिति प्रशासकिय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए भने उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रदान गरे।
कम्पनीका कर्मचारी मनोज कुमार यादवले सञ्चालन गरेको उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।























