प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक
Friday Nov 26, 2021
वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५
प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २९ गते लिएको साहायक स्तर चौथो तहको इञ्जिनियरिङ,सिभिलतर्फको नतिजा सार्वजनिक गरेको हो ।
आयोगको अनुसार खुलातर्फ ४१,महिला २०,आदिबासी जनजाती ६ र मधेसी २ गरी ६९ जनाका लागि दरखास्त आह्वान गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४७०० जनामध्येबाट अन्तरवार्ताका लागि छनौट भएका १७८ जनाका नतिजा सार्वजनिक गरिएको हो ।
जसअनुसार,खुलातर्फ ७० जना,महिला ४१ जना,आदिबासी जनजाती ३१ र मधेसी कोटाबाट ३६ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।






















