CG Electronics
IME Life
NIMB

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी

NIMB
Himalayan Bank

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै रहेको चर्चा छ । निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी नै हुने गरेको समेत चर्चा हुने गरेको छ । उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै जागिर खाएका खड्कासँग सम्पर्क गर्दा उनले आफूले स्नातक तह उत्तिर्ण नगरेको र प्रुडेन्सियल इन्स्योरेन्स गरेकै सन्दर्भमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कार्यक्रम एक अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली भएको फेला परेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा कार्यरत खम्व बहादुर खड्काको शैक्षिक प्रमाणपत्र नक्कली भएको त्रिभुवन विश्व विद्यालय, परिक्षा नियन्त्रण शाखाले पुष्टी गरेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको क्लेम अफिसरमा विगत चार वर्षदेखि कार्यरत खड्काले यसअघि समेत सोही नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अन्य केही बीमा कम्पनीहरुमा समेत जागिर खाएको खुलेको छ ।

भूतपूर्व प्रहरी समेत रहेका खड्काले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । उनले सोही शैक्षिक प्रमाणपत्र पेश गरेर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा जागिर खाइरहेका छन् । प्रुडन्सियल कम्पनीका अनुसार उनी गैर कानुनी र नक्क्ली प्रहरी प्रतिवेदन सम्बन्धी अनुसन्धान गर्ने कार्यमा संलग्न रहँदै आएका छन् । आफ्नै शैक्षिक प्रमाणपत्र नक्कली भएका उनले कम्पनीलाई स्थायी नियुक्ती लिएका छैनन् ।

खड्काले विभिन्न बीमा कम्पनीहरुमा पेश गरेको शैक्षिक प्रमाणपत्रमा त्रिवि र नं ६–२–७१–३२१–९७ रहेको र सोही र। न। बाट प्रमाणपत्र तह र स्नातक तह उत्तिर्ण गरेका छन् । तर, उनको सो र. न. त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण शाखाका कन्ट्रोलर पुष्पराज जोशीले नक्कली भएको प्रमाणित गरिदिएका छन् । खम्ब बहादुर खड्काकाे एक बीमा कम्पनीमा पेश गरेको नक्कली शैक्षिण प्रमाणपत्रको कपी सहित त्रिभुवन विश्व विद्यालयमा सम्पर्क गर्दा उक्त शैक्षिक प्रमाणपत्र नक्क्ली भएको पुष्टि गरिदिएको हो ।

उता नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गर्दै जागिर खाएका खड्कासँग सम्पर्क गर्दा उनले आफूले स्नातक तह उत्तिर्ण नगरेको र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा समेत स्नातक पास गरेको शैक्षिक प्रमाणपत्र पेश नगरेको बताए ।

खड्कालाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ बि.के महर्जनले करारमा नियुक्त गरेका हुन् । सिईओ महर्जनले गत कार्तिक १ गतेबाट लागू हुने गरी कम्पनी छोडिसकेका छन् ।

(www.beemapost.comबाट)

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...