CG Electronics
IME Life
NIMB

भोलिको करिब मध्यरातसम्म माओवादी र नेकपा(एस)हरु एमसीसी पास गर्ने पक्षमा उभिन्छन् : शेरबहादुर तामाङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का नेता तथा सांसद शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले अब राजनीति सग्लो हुनेको लागि अझै एक(दुई दिन लाग्न सक्ने बताए । उनले पनि मुलुक अहिले निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला भएको सुनाए । तर, अहिले मुलुकको ध्यान अन्तै मोडिएको उनको भनाई छ ।

उनले भने,“अहिले मुलुकको राजनीति एमसीसीमा केन्द्रित भएको छ । एमालेले हिजो नेकपाकालिन अवस्थामा एमसीसी अनुमोदनको लागि संसद्मा ल्याएकै हो । कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसी सम्झौता भएकै हो । आज एमसीसीबारे आम नागरिकको स्तरबाट प्रश्न उठेको छ । एमसीसी संसद्बाट अनुमोदन भएकै राम्रो हो । सरकार अस्थिर बनेकोले यो विषय संसद्बाट पारित गर्ने कुरा भएको हुनसक्छ, पार्टीगत रुपमा बहस गर्दा आम नागरिकको बीचमा यो एमसीसी गिजोलियो ।”

 

उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भएपनि यसको सही रुपमा छलफल त पार्लियामेन्टमा हुनुपर्ने बताए । उनले भने,“यो प्र्रस्ताव प्रस्तावकले संसद्मा उठेका विषय प्रष्ट पार्नुपर्छ । ती दृष्टिकोण प्रष्ट भएपछि, संशोधन गर्दा पनि यो सहित पास हुन्छ । सत्ता पक्षले हुन्छ भनेर नै हात उठाउनुपर्छ । सरकारको प्रस्ताव हुन्न भन्ने हो भने एक मिनेटपनि सरकारमा बस्न मिल्दैन् । तर, साथीहरुले द्धेद्ध चरित्र देखाएका छन् ।”

संसद्मा एमालेको गतिरोध कायमै रहेको सुनाए । उनले भने, संसद्को गतिरोध हट्नको लागि उहाँहरुले हाम्रो माग पूरा गर्नुपर्छ, यात हामीले कारबाही गरेका १४ जना सांसदहरुलाइृ कारबाहीको सूचना टाँस्नुपर्यो, या त सभामुखलाई कारबाही हुनुपर्छ । छिनोफानो हुन जरुरी छ । सभामुखले आफ्नो बारेमा आफ्नो निर्णय गर्नुपर्छ । अहिले सत्तारुढ दलले सडकमा कार्यकर्ता उतार्ने काम पनि गरिरहेका छन्, उता सदनमा अर्के कुरा गरेका छन् । यो विषय अन्त्य हुनुपर्छ । पार्लियामेन्ट खुल्यो भने हामीले आफ्नो दृष्टिकोण राख्छौं । संशोधनको कुरा राख्छौं । यदि पार्लियामेन्ट खुलेन भने एमाले संसद् अवरोधकै अवस्थामा रहन्छ ।”

उनले भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा एसहरु एमसीसी पास गर्ने पक्षमा उभिने ठोकुवा गरे । उनले भने, उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनुहुन्छ । अहिले सरकारसँग एमसीसी पास गर्नको लागि बहुमत छ । एमाले उभिनुपर्ने या नपर्ने जरुरी छैन् । संसद् अवरोधको अवस्था नखुलाएसम्म हामी छलफलमा भाग लिँदैनौं । हामी पक्षमा भोट हाल्दैनौं ।”

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...