CG Electronics
IME Life
NIMB

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १८० र ग्याँस १८०० कायम (मूल्यसूचिसहित)

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

वर्तमान शेर बहादुर देउवा नेतृत्वको जनताको दैनिकीलाई असहज बनाउने गरी सरकारले भारी मात्रामा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । जनतामारा निर्णय गर्दै देउवा नेतृत्वको सरकारले खाना पकाउने ग्याँसको मूल्य दुई हजार नजिकै पुर्याएको छ ।

आयल निगमका अनुसार अब ग्याँस प्रतिसिलिण्डर १८०० ढुवानी भाडा बाहेक पर्नेछ । पसलदेखि घरसम्म ढुवानी गरी ग्याँस भान्सामा पुर्याउँदा अब १९०० पर्ने भएको छ ।

उता, पेट्रोलको मूल्यमा पनि भारी मात्रामा बृद्धि गरी प्रतिलिटर १८० रुपैयाँ पुर्याएको छ । नेपालको इतिहासमा यति धेरै महंगो इन्धनको मूल्य पुगेको पहिलो पटक हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले जनताको समस्यालाई भन्दा मुनाफालाई ध्यान दिएर इन्धनको मूल्य बढाउँदा जनताको ढाड सेकिन पुगेको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...