CG Electronics
IME Life
NIMB

हुवावेले नेपालभरबाट छनोट भएका विद्यार्थीहरुलाई क्षेत्रीय प्रतिस्पर्धाको लागि बैंकक लैजाजाँदै

NIMB
Himalayan Bank

काठमाडौँ । प्रविधि कम्पनी हुवावेले ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा ७ नेपाली विद्यार्थीलाई थाइल्यान्ड लैजाने भएको छ। नेपालभरबाट छनोट भएका विद्यार्थीहरुलाई क्षेत्रीय प्रतिस्पर्धाको लागि बैंकक लैजानलागेको हो। चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो पटक ‘सिड्स फर द फ्युचर’ कार्यक्रम गरेको हो। सूचना प्रविधि ९आईटी०सँग सम्बन्धित स्नातक तहमा अध्ययन गरिरहेका विभिन्न कलेजबाट विद्यार्थी यस कार्यक्रमको लागि छानिएका छन्।

हुवावेले बिहीबार ७ जना विद्यार्थीलाई बैंकक लैजानलागेको जानकारी दिएको छ। हुवावे नेपालले देशभरबाट २५६ विद्यार्थीबाट ४ जनाको छनोट कमिटीले ७ जना विद्यार्थीलाई बैंकक लैजान छनोट गरेको जनाएको छ। अघिल्लो वर्ष हुवावेले अनलाइनबाट १९ जना विद्यार्थीलाई सिड्स फर द फ्युचर कार्यक्रममा सहभागी गराएको थियो। यो वर्ष बैंकक जानुपर्ने भएकाले कम विद्यार्थी छनोट गरिएको हुवालेले जनाएको छ।

बैंककमा तालिमसँगै नेपाली विद्यार्थीले आफ्नो आइडिया प्रस्तुत गर्नेछन्। त्यहाँ उत्कृष्ट भए सिंगापुरको कार्यक्रममा भाग लिन पाउनेछन्। विद्यार्थीहरुको खर्च हुवावे आफैँले व्यहोर्नेछ। नेपालमा छनोट भएका विद्यार्थी अगस्ट १९ देखि २७ सम्म बैंककमा विभिन्न तालिमसँगै टेकफर गुड कार्यक्रममा आफ्नो आइडियासहित प्रतिस्पर्धा गर्नेछन्। सिड्स फर फ्युचर्स कार्यक्रम २००८ देखि सञ्चालन भए पनि नेपालमा २०२१ मा पहिलोपटक सञ्चालनमा ल्याएको थियो। विद्यार्थीहरुले एनसेल सेन्टर, डिसहोम कार्यालयमा पुगेर त्यसको सिस्टमबारे बुझ्ने अवसर पाएका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले हुवावेलाई नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता गराएकोमा धन्यवाद व्यक्त गरे।

‘हुवावेको सिड्स फर फ्युचर्स कार्यक्रमले विद्यार्थीको क्षमता वृद्धिसँगै आईसीटी क्षेत्रमा केही नयाँ गर्न प्रोत्साहन मिल्छ’, सचिव अर्यालले भने, ‘विद्यार्थीले सिकेको कुरा यहाँ व्यवहारमा उतार्नुपर्छ।’ उनले नेपालको सूचना प्रविधिको क्षेत्रमा संख्या र गुणस्तर वृद्धि आवश्यक रहेको बताए। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हुवावेको कार्यक्रम सफलताको शुभकामना दिँदै अहिले बीउ रोपेर भविष्यमा फाइदा पुग्ने विश्वास व्यक्त गरे।

हुवावेले बैंकक जाने विद्यार्थीको छनोटका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्रोफेसर रहेको छनोट समिति बनाएको थियो। छनोट समितिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी, प्रो। सुवर्ण शाक्य, प्रो। तिमिला यमी शाक्य र काठमाडौं विश्वविद्यालयका प्रो। मनिस पोखरेल छनोट समितिमा रहेका थिए। आईओईका डिन शशीधरराम जोशीले सिड्स फर द फ्युचर्स कार्यक्रम दोस्रो पटक सञ्चालन गर्न लागेको भन्दै हुवावेलाई धन्यवाद दिए। जोशीले उक्त कार्यक्रमले नेपाली विद्यार्थीलाई ५ जी, एआई र नयाँ प्रविधिको विषयमा सिक्न पाउने बताए। उनले अघिल्लो वर्षको तुलनामा अहिले विद्यार्थीले पूर्वतयारी गरेर आएको जानकारी दिए।

प्रोफेसर तिमिला यमी थापाले टेक फर गुड कार्यक्रमअन्तर्गत बैंककमा प्रतिस्पर्धामा उत्कृष्ट हुन्छन्÷हुँदैनन् भन्ने चिन्ता रहेको बताइन्। ‘बैंककमा हाम्रा विद्यार्थीले प्रतिस्पर्धामा उत्कृष्ट भए अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि सिंगापुर जान्छन्’, उनले भनिन्। यमीले कोभिडको समयमा विश्वमा थुप्रै स्टार्टअप फस्टाए पनि नेपालमा प्रविधिका नयाँ क्षेत्रमा लगानी हुन नसकेको बताइन्। उनले सिड्स फर फ्युचर्सजस्ता कार्यक्रमले नेपालमा आईसीटी क्षेत्रमा योगदान पु¥याउने बताइन्।

कार्यक्रममा सहभागी हुनलागेकी विद्यार्थी प्रज्ञा मल्लिकले विद्यार्थीको क्षमता वृद्धिको लागि हुवावेले सिड्स फर फ्युचर्स कार्यक्रम गरेकाले खुसी व्यक्त गरिन्। हुवावे नेपालका बोर्ड सदस्य जेसन लीले हुवावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम बनाइराख्न चाहेको बताए।

यी हुन् कार्यक्रममा छनोट भएका ७ विद्यार्थी
निर्माण खड्का – काठमाडौं विश्वविद्यालय
वंशज पौडेल – मदन भण्डारी मेमोरियल कलेज
जतिन भुसाल – ख्वपस् इन्जिनियरिङ कलेज
रीया बैद्य – पुल्चोक क्याम्पस
नदिका पौडेल – पुल्चोक क्याम्पस
प्रज्ञा मल्लिक – काठमाडौं विश्वविद्यालय
अजु तामाङ – अमृत साइन्स क्याम्पस

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...