IME Life
NIMB

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

NIMB
Himalayan Bank

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भएका छन् । सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी भएका छन् ।

एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मीहरु एउटै छानामुनि ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन् । एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्का‘लर्स नेटवर्कको साझेदारीमा सम्मेलन भएको हो । सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ ।

समितिका अध्यक्ष डा. सापकोटाको संयोजत्वमा गठित सो समितिमा डा.राजु अधिकारी (अष्ट्रेलिया), नन्द गुरुङ (अष्ट्रेलिया), डा सुनिल साह .(युके), डा. बोधराज सुवेदी (पोल्याण्ड), डा. शिवप्रसाद श्रेष्ठ (नेपाल), डा पदम सिम्खडा (युके), डा. सागर पौडेल (नेपाल), चाँदनी जेशवाल (नेपाल), एलिजा केसी (जापान), डा. नितेश अर्याल (कतार), डा. ओम कुर्मी (युके), डा. अलिनी पोखरेल सुवेदी (पोल्याण्ड), डा. लुसुन चालिशे (जापान), डा प्रभात अधिकारी (नेपाल), डा प्रकाश श्रेष्ठ (अमेरिका), डा. शर्मिला गुरुङ (हङकङ), श्री प्रसुना कँडेल (युके), डा. पुष्पराज भट्टराई (दक्षिण अफ्रिका), डा. अनुज कँडेल (अमेरिका), मनुजा केसी (अष्ट्रेलिया), अनिशा भण्डारी (नेपाल), डा.चिरन्जीबी भट्टराई (अमेरिका), डा. उत्तम गाउँले (अमेरिका), बाबुराजा महर्जन (न्यूजिल्याण्ड), श्रेया गजुरेल (अमेरिका), डा. सुहेल सापकोटा (नेपाल), रिना केसी (अष्टेलिया) रहेका छन् । सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरुको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाहरूको घोषणा, साझेदारहरूसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि पनि हुने डा. सापकोटाले बताए ।

सम्मेलनको पहिलो दिन शुक्रवार डा. दिनेश ज्ञवालीले मानसिक स्वास्थ्यको लागि मानार्थ र एकीकृत दृष्टिकोण विषयक कार्यपत्र पेश गर्नुभयो । यस्तै विमला सापकोटाले महिलामा देखिने स्वास्थ्य समस्या, तिनको रोकथाम र व्यवस्थापन डा सुनिल साह, डा सञ्जय यादवले दिगो मानसिक स्वास्थ्य विकासका लागि बहु–घटक कार्यक्रमहरुको एकीकरण, डा. प्रभात अधिकारी, अवसर र अवरोध, डा. नितेश अर्यालले नेपालमा ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या, ग्रामीण नेपालमा प्रमुख बाल रोग व्यवस्थापन र डा नवराज केसी ग्रामीण क्षेत्रमा बाल रोग र अध्यक्ष कुल आचार्यले पशुपतिनाथमा वृद्धाश्रम र वृद्धाश्रम लगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

तीन दिन सम्म चल्ले सो सम्मेलनको अन्तिम दिन आइतवार सिड्नी घोषणापत्र जारी गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...