CG Electronics
IME Life
NIMB

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

NIMB
Himalayan Bank

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो।

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।”

उनका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइसकेको छ तर नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगो गरेर बिक्री गरिरहेका छन्।

अध्यक्ष वज्राचार्यले खाने तेलको पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको भनेर प्रतिकार्टोन ३५० देखि पाँच सय रुपियाँसम्म महँगो भएको अनुभव सुनाए। उनका अनुसार खाने तेलको मूल्य भने उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा बढ्यो भन्नेबित्तिकै पुरानो मौज्दातको समेत मूल्य बढाएर पठाएका छन्।

“ठूला व्यापारीले घट्यो भन्दै महिनौँ दिनसम्म नघटाउने तर बढ्दा तुरुन्त बढाउनेलाई सरकारका नियमनकारी निकायले कारबाही गर्न सक्नुपथ्र्यो तर त्यो नसकेर नै यस्ता समस्या पटकपटक दोहोरिने गरेको,” उनले भने ।

। सङ्घका महासचिव अमुलकाजी तुलाधरले नेपाली उद्योग र थोक बजारबाट नै मूल्य बढेर आएपछि खुद्रा व्यापारीसँग बढेको मूल्यमा नै सामान बेच्नुको विकल्प नभएको बताए ।

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको सञ्चिति कम भएको देखाउँदै विभिन्न वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि मूल्य वृद्धिमा थप सहयोग पुगेको महासचिव तुलाधरले बताए । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै निर्वाचनमा केन्द्रित भएको मौका व्यापारीले हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताउनुभयो। उनले भने, “यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन् चुस्त दुरुस्त बनाउनुपर्नेमा अनुगमन निकायका कर्मचारी निर्वाचनमा खटाइँदा बजारमा कालोबजारी मौलाएको छ, बजार मूल्य मात्रै नभएर गुणस्तरमा पनि त्यत्तिकै समस्या देखिएको छ।”

यता बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले विभागको अनुगमनमा खटिने अधिकांश कर्मचारी निर्वाचनमा खटिएकाले पहिलेजस्तो अनुगमन गर्न नसकिएको स्वीकार गरे।

“विभागमा उपलब्ध जनशक्तिले निरन्तर बजार अनुगमन गरिरहेको छ, विभागका अधिकांश निर्देशक तथा कर्मचारी चुनावका लागि गएका छौँ, बदमासी गर्ने व्पापारी उद्योगीलाई कारबाही हुन्छ,” उनले भने । उनका अनुसार विभागले पछिल्लो समय लत्ताकपडा, खाद्यवस्तु र खानेपानी केन्द्रित भएर अनुगमन गर्ने गरेको छ।

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...