CG Electronics
IME Life
NIMB

रास्वपा बैठक : संसदीय दलको नेतामा लामिछाने, अर्थ विभाग बाग्लेको जिम्मामा

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने सर्वसम्मत चुनिएका छन् ।

सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। त्यसैगरी बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ । बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ ।

उनले रास्वपा सरकारमा जाने कि नजाने भन्ने बारे आगामी शुक्रबार बस्ने संयुक्त बैठकले निर्णय गर्ने जानकारी पनि दिए ।

उनले भने ‘ विहान बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गर्ने प्रस्ताव पठाएको थियो त्यसलाई हामीले सर्वसम्मतरुपमा अनुमोदन ग¥यौं ।

त्यस्तै प्राविधिक रुपमा काम गर्न समिति पनि गठन गरेका छौं । आगामी शुक्रबार बस्ने संयुक्त बैठकले देशको राजनीतिक घट्नाक्रमहरु, सरकारमा जाने कि नजाने भन्ने विषयमा टुंगो लगाउने छ ।

त्यस्तै पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । डा।मुकुल ढकाललाई प्रचार तथा प्रशिक्षण विभागको प्रमुख तोकेको छ, संगठन विभागमा कविन्द्र बुर्लाकोटी तोकिएका छन् ।

यस्तै शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग प्रमुख, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभाग प्रमुख हरि ढकाल, शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा। तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुख अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनिष झालाई तोकिएको छ ।

 

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...