CG Electronics
IME Life
Ncell NPL

नेपालमा भएको डिजिटल डिभाइड हटाउन आवश्यक : मन्त्री शर्मा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको डिजिटल डिभाइड मुख्य चुनौतीको रुपमा रहेको बताएकी छिन् ।

 

बुधवार टेलिकम्युनिकेसन एण्ड इन्फरमेसन सोसाइटी डे (डब्लूटीआईएसडी) को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले सञ्चारको क्षेत्रमा सबैको समान पहुँच बनाउनु पर्ने बताइन ।

 

मन्त्री शर्माले नेपालमा भएको डिजिटल डिभाइड देशको विकट ठाउँहरूमा बस्ने जनताहरूको पहुँचमा नै पुग्न नसकेको भन्दै यसलाई हटाउन आवश्यक भएको बताइन् ।

उनले भनिन् ‘हामीले पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने विषयमा मिलेर काम गर्नु जरुरी छ । विश्व बजारमा प्रविधि विकासको प्रतिष्पर्धा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दुरदराजमा रहेका जनताहरूले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् । एकातिर सञ्चारको पहुँच पु¥याउने चुनौती छ भने अर्कातिर विश्वबजारको प्रतिष्पर्धामा पनि उभिनुपर्ने भएका कारण देशमा विद्यमान डिजिटल डिभाइडलाई कम गर्ने कुरामा ध्यान दिनुपर्ने छ।’

“हाम्रो कमजोरी कहाँनिर हो हामीले समीक्षा गर्नु जरुरी छ । प्राविधिक, नीतिगत लगायत अन्य कमिकमजोरी हेर्नुपर्ने छ,“ उनले भनिन् ।

 

मन्त्री शर्माले सेवा विस्तार र प्रविधि विकासको कामलाई सँगसँगै लैजान सेवाप्रदायक, प्राधिकरण र मन्त्रालयले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिइन् ।

उनले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको अवस्थामा राजस्व भने घट्दै जाने समस्या के हो भनेर प्रश्न समेत गरिन ।

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...