अख्तियार राजनीतिक प्रभावमा पर्दा गलत गर्नेले उन्मुक्ति पाए : सांसद सिंह
Wednesday May 17, 2023
वि.सं.२०८० जेठ ३ बुधवार १४:४४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक प्रभावमा परेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले अख्तियारका पदाधिकारीहरुले पद जान्छ कि भन्ने त्रास राखेर काम गर्न नहुने बताए । उनले खु कमाएर बसेपछि अख्तियारबाट आशलाग्दो कामको अपेक्षा गर्नु बेकार भएको पनि प्रष्ट पारे ।
सिंहले भने ‘ अख्तियारले पनि राजनीतिक प्रभावबाट डराएर पद जान्छकी भनेर र महाअभियोग पो लाग्छकी भनेर खुट्टा कमाउनु भएन् । हिजोको सरकारले ७ दिनलाई विदेशी कम्पनीलाई दियो । तर अहिले यो सरकारले त्यसलाई रद्द गरेर अर्को कोसिसमा लाग्यो । यदि हिजोको सरकारले गलत गरिरहेको छ भने कारवाही गर्नुपर्छ नाङगेझार पार्नुपर्छ । ’

नेपालको नीति नियम र जनताको हित विपरित काम गर्नेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ ।
सांसद सिंहले ठूला राजनीतिक दलका नेताहरु देखि लिएर जसजसले गलत कार्यहरु गरेका छन् ती सबैलाई नाङ्गेझार पार्नु पर्ने पनि बताए ।




























