इन्धनको मूल्य घटेलगत्तै सार्वजनिक सवारीको भाडा समायोजन
Wednesday May 17, 2023
वि.सं.२०८० जेठ ३ बुधवार १४:३९
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर (मूल्य) समायोजन गरेको छ ।
इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन हुने भएकाले यातायात व्यवस्था विभागले बुधवारबाट लागू हुने गरि भाडादर घटाएको जनाएको छ ।
विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ४ दशमलव ६५ प्रतिशते भाडादर घटाइएको छ ।
घटाईएको सवारी भाडाको मूल्य आजैबाट लागु भएको विभागले बताएको छ ।




























