CG Electronics
IME Life
NIMB

इलेक्ट्रिक बाइक निर्माणकर्ता पारसलाई एसपीएको सम्मान, शतप्रतिशत छात्रवृत्ति दिइने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

धनगढी, ८ असार । इलेक्ट्रिक बाइक निर्माण गरेका कैलालीको गोदावरी नगरपालिका – ५ गेटाका पारस साउँदलाई धनगढीको एसपीए कलेजले कदरपत्रसहित सम्मान गरेको छ ।

शुक्रबार क्याम्पस प्रमुख योगराज उपाध्यायले इलेक्ट्रिक बाइक निर्माण गर्दै हजारौं युवाहरुका लागि प्रेरणा बनेको भन्दै पारसलाई सम्मान पत्र प्रदान गरे ।

यसैवर्ष एसईई दिएका पारसको प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले कलेजले उनलाई शतप्रतिशत छात्रवृत्ति दिने समेत घोषणा गरेको छ । साथै कलेजले पारसको आगामी प्रोजेक्टहरुमा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

‘नवप्रवर्तक, आविष्कार, उद्यमीहरुलाई प्रोत्साहन गर्नु, उनीहरुलाई अघि बढ्न प्रेरित गर्नु एसपीएको नीति नै हो,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘यसअघि पनि एसपीएले थुप्रै आविष्कारक विद्यार्थीहरुलाई प्रोत्साहन सहयोग गर्दै आएको छ ।

पारसलाई पनि हामीले शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गराउने तथा उनका आगामी प्रोजेक्टमा सहयोग गर्ने घोषणा गर्न पाउँदा अन्त्यन्तै खुशी लागेको छ ।’

आफ्नो प्रतिभालाई चिन्दै कलेजको गरेको सम्मानप्रति पारसले आभार व्यक्त गरे । साथै आफ्नो भविष्यका प्रोजेक्टहरुमा एसपीएबाट सहयोग पाउने भएपछि अन्त्यन्तै खुशी भएको बताए ।

‘यसअघि पनि एसपीएले मजस्तै आविष्कारक युवाहरुलाई प्रोत्साहन गर्दै आएको सुन्दै आएको थिए । यसपटक मलाई कलेजमै बोलाई यो हौसला दिनुभएकोमा अन्त्यन्तै खुशी लागेको छ,’ पारसले भने, ‘कलेजले मेरो सम्पूर्ण पढाई खर्चसहित आगामी प्रोजेक्टमा पनि सहयोग गर्ने भएपछि एसपीए कलेजसँगको मेरो आगामी यात्राले थप उचाई लिने विश्वास गरेको छु ।’

पारस घरमै डेढ महिनाको समयमा झण्डै १ लाख रुपैयाँको लागतमा उक्त मोटरसाइकल निर्माण गरेका हुन् ।
उनले बनाएको बाइक आरएफआईडी सिस्टमयुक्त हो । जसका कारण बाइक स्टार्ट गर्न चाभीसँगै एक विशेष कार्डको पनि आवश्यकता पर्छ ।

जसकारण बाइक चोरिने सम्भावना हुँदैन । बाइकमा रिभर्स सिस्टम९पछाडि पनि चलाउन मिल्ने० छ । ६० किलोमिटरको गतिमा चल्न सक्छ । एकपटक चार्ज गरेमा ७० देखि ८० किलोमिटर सम्म बाइक गुड्न सक्छ ।

यस्तै बाइकको अगाडि डिजिटल डिस्प्ले पनि राखिएको छ । जसमा ब्याट्रीको अवस्था, बाइकको स्पिड, कुँदेको किलोमिटर, लाइट, सिंग्नल आदि महत्वपूर्ण जानकारी हेर्न सकिन्छ ।

बाइक निर्माणमा पारसलाई एसपीएकै विद्यार्थी सोहन कैनी र सागर खनालले सहयोग गरेका हुन् । यसअघि सोहनले कलेजको सहयोगमा इलेक्ट्रिक बाइक तथा सागरले एसपीए इभी मोडल वान कारको निर्माण गरिसकेका छन् ।

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...