kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

निर्माण व्यवसायी महासंघद्धारा थप आन्दोलनको घोषणा

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । निर्माण व्यवसायी महासंघले, पहिलो चरणको आन्दोलन सकिएसँगै दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले आफ्ना मागहरु पुराहरु सम्बोधन नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

राष्ट्रिय भेलामार्फत पहिलो चरणको संघर्षका कार्यक्रमहरु सम्पन्न हुँदा समेत आफ्ना मागहरु सम्बोधन नभएकाले दोस्रो र तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
उनले भने, ‘यसरी हाम्रा जायज मागहरु हालसम्म सम्बोधन नभएको हुँदा महासंघकै निर्णयानुसार दोश्रो र तेश्रो चरणका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका हौं । ’

महासंघले दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत भोलि सोमबारदेखी २६ गते सम्म सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी सहित हरेक दिन बिहान ९ः०० बजेबाट महासंघदेखि संसद भवनसम्म सिठ्ठी जुलुस प्रर्दशन गर्ने भएको छ ।

त्यस्तै संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर मण्डला, बबरमहल हुँदै हुनमानस्थानमा सिठ्ठी जुलुससहित धर्ना दिनेलगायतका कार्यक्रम गर्ने महासंघले जनाएको छ । दोस्रो चरणको आन्दोलनबाट पनि सरकारले माग सम्बोधन नगरे २८ गते सोमबारदेखि तेस्रो चरणको आन्दोलन सुरु महासंघको चेतावनी छ ।

तेस्रो चरणका कार्यक्रममा अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरु अनिश्चितकालका लागि बन्द गर्ने, विकाशे विभागहरुमा पालैपालो बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म एक घण्टा धर्ना तथा तालाबन्दी गर्ने, निर्माण विज्ञलगायत सरोकारवालाहरुबीच सार्वजनिक सुनवाई सहितको टेलिभिजन मार्फत लाईभ अन्तरक्रिया कार्यक्रमहरु गर्नका साथै थानकोट नाका र भक्तपुरको साँगा मुख्य नाकाहरुमा आलो पालो गरी दैनिक रुपमा एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने उनीहरुको चेतावनी छ ।

महासंघले पहिलो चरणको आन्दोलनमा पनि पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न विरोध र धर्ना कार्यक्रम गरेको थियो ।


कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई

कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई...

वि.सं.२०८० असोज ७ आइतवार ००:१२

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले...

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...