CG Electronics
IME Life
Ncell NPL

गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर, पानी पोखरी, काठमाडौँमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो ।

उक्त अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले शुभकामना सन्देशमा नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६०मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ ।

इन्डोनेसिया आसियान राष्ट्रहरु मध्येको ठुलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोवास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:२८

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...