CG Electronics
IME Life
Ncell NPL

पेट्रोल ढुवानीमा ट्यांकट्रक लकिङ सुरु, अब पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालको बिश्वाश

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उधोग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले ट्यांक ट्रक लकिङको शुभारम्भ गर्नु भएको छ ।
अमलेखगञ्ज स्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालय परिसरमा मन्त्री रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा ताल्चा लगाएर ट्यांक ट्रक लकिङको शुभारम्भ गर्नु भएको हो ।

२०७५ साल अगाडि निगमले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा ट्यांकट्रकहरूमा लिड सिल प्रयोग गर्ने गरेको थियो । २०७५ श्रावण १ गतेदेखि निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सबै ट्याक्टरहरुमा इण्डियन आयल कर्पोरेशनले प्रयोगमा ल्याए बमोजिमको सिङ्गल लकिङ सिस्टम अनुसार एउटा ताला लगाई पेट्रोलियम पदार्थ आयात गर्दै आईरहेको छ । हाल अमलेखगंजबाट स्टक ट्रान्स्फर भै अन्य स्थानमा जाने ट्यान्करहरूमा पनि लक गरी पठाउने गरिएको छ ।

ट्यांकट्रकमा लकिङ सिस्टम लगाउने प्रावधान अनुसार अहिले दोस्रो चरणको लकिङ कार्य अन्तरगत निगमको डिपोहरूबाट पेट्रोल पम्पसम्म जाने ट्यांकट्रकमा पनि ताल्चा लगाएर पठाउन सुरु गरिएको हो ।

जसअनुसार शुक्रबारबाट प्रहरी कल्याण कोष मार्फत संचालनमा रहेको नेपाल प्रहरीको पथलैया स्थित पेट्रोल पम्पको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, सहाकारी संस्था अन्तर्गत संचालनमा रहेको साझा पम्प र भरतपुरको ट्यांकर तथा निजी क्षेत्रबाट संचालित कैलाश आयल नारायणगढको ट्यांकरमा ताल्चा लगाउन सुरु गरिएको हो ।

सबै पेट्रोलपम्पमा ढुवानि हुने ट्यांक ट्रकमा लकिङ सिस्टम केहि दिन मै सम्पन्न हुने छ । ट्यांक ट्रक लकिङ सिस्टमले पेट्रोलियम पदार्थ चुहावट रोकिने मन्त्री रिजालले बिश्वाश ब्यक्त गर्नु भएको छ ।

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...