CG Electronics
IME Life
Ncell NPL

भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेशः प्रधानमन्त्री, सभामुख र ओलीसँग भेट

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ सरकारी अधिकारीहरुसँग शिष्टाचार भेटघाट गरेका छन् ।

राजदूत न्गुयेनले प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेटघाट गरेका हुन् ।

राजदूत न्गुयेनले नयाँ दिल्लीस्थित दूतावासमार्फत नेपालका लागि भियतनामी राजदूतको जिम्मेवारी सम्हालिरहेका छन् ।

भेटमा राजदूत न्गुयेनले नेपाल र भियतनामबीच सिधा हवाई उडानसहित व्यापार तथा लगानी प्रवर्द्धनका निमित्त सहकार्य गर्ने प्रस्ताव राखेका थिए । उनले सिधा हवाई उडानमार्फत नेपाल भ्रमण गर्न इच्छुक बुद्धमार्गी भियतनामीहरुलाई सहज हुने र नेपाली नागरिकले पनि अष्ट्रेलिया तथा युरोपको ट्राञ्जिट सुविधा पाउने धारणा राखेको जनाइएको छ ।

राजदूत न्गुयेनले भियतनाम भ्रमण गर्न इच्छुक नेपालीहरुका लागि काठमाडौंस्थित कन्सुलर कार्यालयबाटै भिसा जारी गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराएका छन् ।  दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको भन्दै यसको समाधानका लागि दुवै मुलुकको पहलकदमी जरुरी रहेको उनको भनाइ छ ।

राजदूत न्गुयेनसँगको भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री दाहाल लगायतले भियतनामको तीव्र आर्थिक विकासबाट नेपाल प्रभावित रहेको उल्लेख गर्दै नेपालमा लगानी र पर्यटन प्रवर्द्धनका निमित्त सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

भेटमा सहभागी भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरण र पर्यटन प्रवर्द्धनका निमित्त सिधा हवाई उडानको तयारी गर्ने र ई–भिसा लागू गर्नेसम्बन्धी विषयमा दुवै मुलुकका अधिकारीहरुबीच साझा धारणा बनेको छच ।

भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन नेपाली पक्षले राजदूतसमक्ष आग्रह गरेको थियो ।

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...