CG Electronics
IME Life
NIMB

७७ जिल्लामै कृषि यान्त्रिकरण : कृषि मन्त्री भुसाल

NIMB
Himalayan Bank

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरणको नीति ७७ जिल्लामा लागू गरिएको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद प्रेम सुवालको कृषिको यान्त्रिकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण गर्ने सरकारको नीति छ, यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ७७ जिल्लामा लागू गरिएको छ । परियोजनाबाट ट्याक्टर, पाउ टिरल, मिनि टिलर, धान रोप्ने मेशिन, खाल्टो खन्ने मेशिन, थ्रेचर, ड्रायर, ग्रेडरलगायतका यन्त्रहरु खरिद गरेर कष्टम हायरिङ् सेन्टरमा राखेर किसानहरुलाई प्रयोग गर्न दिइने छ त्यस्तो सेन्टर जम्मा ५ सय ८० वटा रहेका छन् ।’

यस्तै उनले परियोजनाको क्षेत्रमा नपरेको किसानहरुको लागि कृषिको लागि यन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए ।

उनले भने, ‘उक्त परियोजनाको क्षेत्रमा नपरेको किसानहरुले कृषि औजारलाई यन्त्र खरिद गर्न चाहेमा ५० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । यसबाट उत्पादन लागत घटेसँगै उत्पादन वृद्धिमा मद्दत पुगेको छ । फाम, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिक पनि उपलब्ध गराईन्छ ।’

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...