CG Electronics
IME Life
NIMB

सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारको आयोजनामा ‘वाइल्ड स्टे विथ चौंरी’

NIMB
Himalayan Bank

  ‘माथी माथी सैलुङ्गेमा चौँरी डुलाउनेलाई……’
काठमाडौं । कुन्ती मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर संभावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराइले जानकारी दिए ।

असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टर्राईले जानकारी दिए ।

क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी,  कलाकार निखिल उप्रेती, सन्दर्भ दिप क्षेत्री, दिलिप रायमाझी,गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिशागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने भट्टराइले जानकारी दिए ।

असोज ११ गते विहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सास्कृतिक कार्याक्रमसहित रैथाने खानामा रमाइनेछ ।

आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले  कार्याक्रममा सहभागी हुन पाउनेछन् ।

हिमालयको  ‘पानारोमा भ्यु’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।

वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरुको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविस्यमा पनि निरन्तरता दिइने  संयोजक भट्टराईको भनाइ छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउने देखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

विवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रुपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारीसाधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ  ।

कार्यक्रममा सहभागी हुन इच्छुकले तलको लिंकमार्फत दर्ता हुन सकिने आयोजकले जनाएको छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...