kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौं । रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासिक डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत् राखिएको कम्पनीले जनाएको छ ।

 

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

नयाँ होण्डा इलिभेटको शानदार आगमन

नयाँ होण्डा इलिभेटको शानदार आगमन

वि.सं.२०८० असोज ४ बिहीवार ०८:०३

    काठमाडौं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक...

आइएमईले घोषणा गर्यो : “आइएमई गरौँ,करोडपति बनौँ”

आइएमईले घोषणा गर्यो : “आइएमई गरौँ,करोडपति बनौँ”

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५२

    काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी...

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्तालाई ५० रुपैयाँ

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी...

वि.सं.२०८० असोज ४ बिहीवार ०७:४२

    काठमाडौं । नमस्ते पे ले आउँदो चाडपर्वलाई लक्षित...

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट,...

वि.सं.२०८० असोज ४ बिहीवार ०७:३३

  काठमाडौं, नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका...