kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

नेपालमा एनआरएनए अध्यक्ष घोषणा गरेर जापान पुगेका महेश श्रेष्ठलाई भव्य स्वागत

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११औं महाधिवेशनका लागि काठमाडौंबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेलगत्तै जापान पुगेका महेशकुमार श्रेष्ठलाई स्थानीय गैर आवासीय नेपालीहरुले नारिता विमानस्थलमा भव्य स्वागत गरेका छन् । श्रेष्ठसँगै महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीलाई पनि स्वागत गरिएको छ ।

आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि गत शुक्रबार काठमाडौंमा एक समारोहबीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी दौडाहामा उत्रिएका श्रेष्ठले  जापानमा भएको स्वागतले विजयका लागि उत्साहित गराएको प्रतिक्रिया दिए । जापानका विभिन्न शहरबाट स्वागतका लागि पुगेका शुभेच्छुकहरुले उनलाई विजयको शुभकामना दिएक थिए । विमानस्थलमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै संघको अध्यक्षमा विजयी भएको तीन महिनाभित्र एक्सन प्लान र रणनीति बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

‘प्रवासी नेपाली र नेपाल सरकारले एनआरएनएसँग ठूलो आशा अपेक्षा राखेको छ । त्यसैले हामीले दुई बर्ष भित्र अथाह काम गर्नुपर्ने बाध्यता छ । म काम गर्नका लागि नै एनआरएनएको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भने ।

त्यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिवका प्रत्यासी सुवेदीले जापानमा भएको स्वागतले उत्साहित गराएको प्रतिक्रिया दिंदै संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्तता दिनका लागि आफूले प्रयास गर्ने बताए । उनले भने,‘अध्यक्ष श्रेष्ठसहितको हाम्रो टीम जुझारु र लगनशील छ । हामी काममा विश्वास गर्छौं र दुई बर्षभित्र गैर आवसीय नेपालीहरुका पक्षमा र मात्रीभूमिका लागि परिणाममुखी काम गरेर देखाउनेछौं ।’

गत शुक्रबार ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा  श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा उनले आगामी दुई वर्षको लागि  पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका थिए ।

समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे । श्रेष्ठ र सुवेदी जापान हुँदै कोरिया, मध्यपूर्व, मलेसियालगायतका देशहरुमा पुगेर गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको  छ ।


कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई

कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई...

वि.सं.२०८० असोज ७ आइतवार ००:१२

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले...

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...