CG Electronics
IME Life
NIMB

इमानदार प्रयासले मात्रै सकारात्मक नतिजा : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका लागि सबैको इमानदार प्रयास आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुधारका लागि सरकारले काम गरिरहेको दाबी गरे ।

‘हाम्रो प्राथमिकता प्राथमिकीकरण हो, कसरी राज्यको सीमित स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रमा प्रयोग गर्ने, खर्च गर्ने, त्यो हाम्रो चुनौती छ ।

 

 

त्यसमा विस्तारै सुधार भइरहेको छ,’ उनले भने, ‘अहिले पर्यटकको आगमन धेरै छ, बाह् परिस्थिति सकारात्मक छ र आउने दिनमा धेरै माथि जान्छ ।’

पर्यटक आगमन बढाउन पूर्वाधार बनाउन सरकारले काम गरिरहेको उनले बताए । ‘१२ महिना नै चल्ने सडक देशभर पु¥याउन सक्यो भने आम्दानी बढाउन कठिन हुँदैन । त्यो तीन÷चार वर्षमा पु¥याउन सक्छौं,’ उनले भने । सरकारले काम गरे पनि कर्मचारीतन्त्रको सकारात्मक सहयोग अपेक्षित रहेको उनको भनाइ थियो ।

 

 

‘म जुन स्थानमा बसेको छु, मेरो आफ्नो व्यक्तिगत सम्पत्तिभन्दा पनि मैले बढी गम्भीर र लगनशिल भएर लाग्नु पर्छ । त्यही मानसिकता यहाँको व्यवस्थापक, कर्मचारीले काम गर्नुपर्छ । त्यसरी काम गर्ने हो भने नतिजा नआउने र नीति क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्ने कुरै छैन,’ उनले भने, ‘तपाईहरुसँग भएको पूर्वाधार नीति क्षेत्रको भन्दा बढी छ, त्यो राज्यले लामो लगानी गरेर बनाएको छ ।’

 

उनले राष्ट्रि वाणिज्य बैंकका कर्मचारीहरुलाई सरकारले अनुचित हस्तक्षेप नगर्ने भन्दै आश्वस्त पारे । ‘कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनै पनि अनुचित हस्तक्षेप मबाट हुँदैन तर संस्थागत कुरामा राज्यको लगानी छ र अर्थमन्त्रालय त्यसको जिम्मेवार मन्त्रालय हो,’ उनले भने, ‘यो सार्वजनिक बैंक भएको हुनाले देशको सबैभन्दा राम्रो बैंकको रुपमा स्थापित हुन नसकेको हो ।

तर निजी बैंक जसरी काम गरेर मिहिनेत गर्ने हो भने ट्रेड युनियनको साथीले गरेको माग केही होइन्, पूरा गर्न सकिन्छ ।’

कर्मचारीको समस्याको विषयमा बैंकको क्षमता, नाफा, कार्यदिशालाई मध्यनजरमा राखेर अर्थ मन्त्रालयले उदार हुने हदसम्म गरेका छौं,’ उनले भने ।

 

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...