CG Electronics
IME Life
NIMB

इन्फोडेभलपर्सद्वारा मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत “अब टप अपमा उपहार” शुरू

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत “अब Top-upमा उपहार” शुरू गरेको छ। यस योजना अन्तर्गत सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी र लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउनेछन्।

यस योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषित गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स , खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड्स रहेको छ। यो योजना ३१ चैत्रमा समाप्त हुनेछ। यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली- मोबाइल बैंकिङ्गको फेसबुक पेज मार्फत घोषणा गरिनेछ।

यस योजनाबाट सहकारीरलघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ । यसकासाथै सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ्ग प्रमुख विदित वाग्लेले बताए।

 

त्यसैगरी, यो योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ्ग एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ्ग एपको प्रयोगमा वृद्धी हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीले बताए।

 

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रा. लि., सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग एप तथा स्वचालित कार्यालय सन्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो। नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा हाल ३५० बढी कर्मचारीहरुले काम गरिरहेका छन्।

 

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...