CG Electronics
IME Life
NIMB

छपराडी बजार ब्यबस्थित अभियान जारी 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

सिराहा । धनगढीमाई नगरपालिकाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको स्थानिय छपराडी बजार व्यवस्थापनको लागि स्थानिय समिति सक्रिय भएर अगाडि बढिरहेको अवस्था रहेको देखिन्छ ।

स्थानिय खुद्रा व्यापारीहरुले सडक खण्डको दायाँ बायाँमा बजार लगाइरहँदा सवारी साधन आवत जावतमा कठिनाई उत्पन्न भइरहेको र संभावित दुर्घटनाको अवस्था देखिएपछि समिति सक्रिय भएर बजार ब्यबस्थापनका साथ आगाडी आएका हुन ।

अन्य दिनको भन्दा बजारको दिन स्थानिय व्यापारी र हाट बजार गर्न आउने मानिसहरूको भीडले बजार भरी भराऊ हुने गरेको अवस्थामा उपयुक्त बजार ब्यबस्थापनका लागि बजार समितिले एकातिर माछा बजार ब्यबस्थित गरेको छ भने अर्कोतिर सडक छेउमा तरकारी , लुगाफाटा फिजाएर बेच्दै आएका खुद्रा व्यापार र व्यापारीलाई ब्यबस्थापन तर्फ समिति सक्रिय भएको छ ।

सिरहाका अधिकांश बजारहरु सडक जोखिम भित्र लाग्दै आए पनि निकाय उक्त समस्या समाधान गर्न असमर्थ रहेको अवस्थामा छपराडी बजार ब्यबस्थापनका लागि अग्रसर भएका समितिलाई सबैले सकारात्मक सहयोग गर्नुपर्ने देखिन्छ ।

सडक विस्तारसँगै सडकको अवस्था जीर्ण रहेको बखत बजार ब्यबस्थापन गर्नु राम्रो भएकोले व्यापारीहरूले बजार समितिले ब्यबस्थापन गरेको स्थानमा मात्र व्यापार गर्नु पर्ने सकारात्मक अवस्था भएकोले यसलाई सकारात्मक ढङ्गले बुझ्न जरुरी रहेको देखिन्छ ।

पटक पटक सूचना गरेर सडक छेउमा व्यापार गर्न मनाही गर्दा गर्दै आलटाल गर्ने खुदा व्यापारी लगाएत अन्यलाई समेत उक्त ठाउँबाट हटाउनु जरुरी रहेको देखिन्छ ।

बजार समितिले संभावित अवस्थालाई मध्यनजर गर्दै चालेको पाईलाले सकारात्मक संदेश पुगेको आम बुझाई रहेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...