CG Electronics
IME Life
NIMB

‘पूर्वमन्त्रीलाई हत्कडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति हो ?’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरी घरानाका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाएका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओली पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हत्कडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘हिरासतमा को बस्नु पर्ने हो, को बस्न नपर्ने हो? व्यापारी नै समातिंदा हिरासतमा मात्रै होइन जेलमै हाल्यो त, पूर्वमन्त्री, प्रधानमन्त्री भइसकेका मान्छेलाई हत्कडी लगाएर र जेलमा राखेर मुद्दा लगाइयो । तर एकजना व्यापारी पक्राउ पर्दा प्रहरी कार्यालयको बाटो हुदैँ अस्पताल लगियो रे । कस्तो थिति हो यो ?

त्यस्तै, उनले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको आरोप उनले लगाए ।

उनले अघि भने, ‘बैंकको सम्पत्ती राख्ने स्थानमा बुलेट राखियो तर पेस्तोलको खोजी भएन । त्यस्ता मान्छेलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो । त्यस्तो विवादस्पद व्यक्तिलाई किन बनाइयो ? के कारण होला भनेर खोजी गर्दा लुम्बिनीको विकास होइन्, राम ग्रामतिरबाट विकास सोझ्याउने धन्दा पो रहेछ ।’

सम्पदाको विकासका क्रममा सरकारले भ्रष्टाचारको तानाबाना बुनिएको उनको भनाइ थियो । त्यसैगरी अध्यक्ष ओलीले सत्ताको दुरुपयोग गरेर रेडक्रस, स्काउड जस्ता संस्थाको सम्मेलन हुनमा रोक लगाएको उल्लेख गरे ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्रका दलहरु मुलुकको विकासका लागि केही गर्छु भन्ने नभइ भ्रष्टाचार, तस्करी, अयोग्यताको पर्यावाची भएको आरोप लगाए ।

 

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...