CG Electronics
IME Life
NIMB

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले, कृषि र कृषिजन्य उद्योगहरूमा प्रयोग हुने विद्युत निःशुल्क गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेपाल कोल्ड स्टोरेज संघको २९ औं वार्षिक साधारणसभामा उनले १६ औै योजना बनाइरहेको राष्ट्रिय योजना आयोगमा पनि उक्त प्रस्ताव आफूले राखेको बताएका हुन् ।

उनले भने, ‘मेरो धारणा भनेको अहिले पनि स्पष्ट छ । कृषि र कृषिजन्य उद्योगहरूमा प्रयोग हुने विद्युत निःशुल्क गर्नुपर्छ । त्यो हुन्छ हुँदैन छुट्टै कुरा हो तर हुनै पर्छ भन्ने मेरो धारणा हो, त्यसमा म अडिग छु ।

अहिले १६ औै योजना बनाइराखेको राष्ट्रिय योजना आयोगमा पनि भनेको छु । अहिले सकिँदैन भने पञ्चवर्षीय योजनामा राख्दिनु भनेको छु, कृषिमा आधारित नै उद्योग हुनुपर्छ फेरि अन्यन्त्र प्रयोग हुनु हुँदैन ।’

कृषकले उत्पादन गरेको वस्तु सरकारले किन्नुपर्छ भन्ने माग उठिरहेको सन्दर्भमा उनले सरकार किन्ने बेच्ने कुनै व्यापारी नभएको बताए ।

उनले भने ‘कतिपय उत्पादन सरकारले किन्नपर्छ भन्ने कुरा उठेको छ । म रहेको पार्टीको नेताहरूले पनि ठूलो मुद्दा बनाएर हिँड्नुभएको छ । नेपालको उत्पादन किन्ने बेच्ने व्यापार गर्न सरकार व्यापारी हो कि हो होइन भन्ने कुरा हुन्छ । मलाई लाग्छ सरकार व्यापारी होइन ।’

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...