CG Electronics
IME Life
NIMB

रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मुगु । रारातालको किनार हिमपातले सेताम्य भएर टल्किएको छ । यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन् ।
माघ दोस्रो सातातिर भएको हिमपातपछि मौसममा सुधार आएको छ ।

खुल्ला आकासमुनि नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रारामा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन् ।

हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो । यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन । त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन् ।

समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारातालको अधिकतम लम्बाइ ५ किलोमीटर र चौडाई ३.२ किलोमिटर छ । रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ ।

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौं बस्तीबाट युवायुवती रारा जाने गरेका छन् ।

छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०÷६० जना आउर्ने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरीक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...