सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
Sunday Feb 11, 2024
वि.सं.२०८० माघ २८ आइतवार ०५:०२
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको१६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही
उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको
आ.व. २०७९÷०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण
आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको
छ ।
सभाले सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित
खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन ।

























