NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी

काठमाडौं । अमेरिकामा रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनाली फेसबुकमा संवेदनशील स्टाटस राखेर सम्पर्कविहीन भएका छन् । उनले लामो स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए ।

 

मैनाली सम्पर्कविहीन भएको उनका आफन्त र निकटका साथीहरुले जनाएका छन् । उनले फेसबुकमा स्टाटस राखेर लगत्तै उनको खोजी कार्य शुरु भएको थियो ।

तर केही निकटहरुका अनुसार उनी बसेको नर्थक्यारोलीबाट कही माईल टाढा उनको गाडी भेटिएको बताएका छन् । प्रहरीको निगरानीमा रहेको उक्त स्थानबाट थप जानकारीहरु प्राप्त भइसकेको छैन् ।

मैनालीले पारिवारीक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गरेका छन् । मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आएका थिए ।

विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गरिसकेका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय थिए ।

मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।
सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुगेका उनी त्यसपछिदेखि अमेरिकामै बस्दै आएका थिए ।

प्यारी श्रीमती तारा,
धेरै धेरै माया!
आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ ।

 

मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ ।

 

सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ ।

म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो ।

 

अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान ।
ॐ नम शिवाय !
ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं

भर्गो देवस्य धीमहि

धियो यो नः प्रचोदयात

 

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...