CG Electronics
IME Life
NIMB

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

NIMB
Himalayan Bank

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । फागुन २५ गतेबाट रिलिज हुने ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको अहिले प्रचारप्रसार चलिरहेको छ ।

अभिनेत्री रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसहित अमेरिकामा छिन् । उनले अमेरिकामै बसेर फिल्मको प्रचारप्रसार गरिरहेकी छन् ।

यसै परिप्रेक्ष्यमा रेखासँग ‘उपहार’का बारेमा नेपाल न्यूज बैंकका लागि नेमिष गौतमले गरेको कुराकानीको सारसंक्षेप :
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

अहिले राम्रो छ । आफ्नो स्वास्थ्यको राम्ररी हेरचाह गरिरहेकी छु । परिवारले पनि राम्रो ख्याल गरिरहनुभएको छ ।

जीवनमा पहिलोपटक मातृत्वको अनुभव लिँदै हुनुहुन्छ । कस्तो अनुभव हुँदोरहेछ ?

केही डर, नर्भस र केही उत्साह छ । पहिलो पटकको अनुभवले पनि यी कुरा एक महिलाको जीवनमा आउँदा रहेछन् । तर पनि म खुशी छु । किनकी अब नयाँ अनुभव संगाल्ने दिन नजिकिँदैछ ।

फिल्म ‘मालिका’ रिलिजको पाँच वर्षपछि दर्शकमाझ अभिनेत्रीका रुपमा फिल्म ‘उपहार’मार्फत पुनः आउँदै हुनुहुन्छ ? डर वा उत्साह ?

मैले यो बिचमा अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर एक दुईवटा फिल्मका गीतमा केमियो गरें । फिल्ममा काम गर्ने सोच त थियो तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सोचलाई मूर्त रुप दिन सकिनँ । आधा दशकपछि दर्शकमाझ अभिनयमार्फत आउन पाउँदा निकै रोमाञ्चित छु ।

‘उपहार’ के हो ?
आम दर्शकको बुझाईबाट हेर्दा ‘उपहार’ अमूल्य चिज हो । जसको मूल्य हुँदैन । दर्शकका लागि ‘उपहार’ पनि अमूल्य चिज नै हो ।

फिल्म दर्शकको मन मस्तिस्कमा बस्नेगरी लेखिएको र बनाइएको छ । नेपाली फिल्म नियमित हेरिरहनु हुने दर्शकले हाम्रो फिल्म हेर्नु नै हुन्छ ।

कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई एकपटक अवश्य हेर्नुहुन्छ । फिल्म आम समुदायले हेर्नुपर्छ । हामीले फिल्ममा एक समस्यालाई उठान गरेका छौं ।

फिल्म ‘मालिका’ बनाइरहँदा अलिक गल्ती गरियो कि भन्ने थियो । तर त्यो फिल्मले मलाई ‘मोटिभेट’ पनि उत्तिकै गरेको थियो । ‘उपहार’ हेरिरहँदा आम मानिसले नयाँ उर्जा पाउँछन् ।
नेपाली फिल्ममा एउटै विषयवस्तु मात्र भयो भन्ने पहिल्यै देखिको आरोप सुन्दै र भोग्दै आएका छौं ।

अधिकांश फिल्म रोनाधोना किसिमका भए भन्ने पनि सुनेका हौं । ‘नेपाली फिल्ममेकरले फिल्म बनाउने अरु विषयवस्तु पाउँदैनन् कि क्या हो’ भन्ने कुरा नसुनिएको पनि होइन ।

त्यसकारण हामीले यी आरोपलाई गलत साबित गर्दै ‘उपहार’मा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका छौं । हाम्रो फिल्म आँखालाई शितल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा ‘उपहार’मा दर्शकले पाउनुहुनेछ ।

तपाईंका अघिल्ला फिल्ममा भन्दा ‘उपहार’को जनरामा केही परिवर्तन छ ?

‘उपहार’ मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान छन् । मेरो फिल्म भनेपछि नारी शसक्तीकरण अवश्य जोडिन्छ । हाम्रो फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन् भन्ने कुरा देखाइएको छ । भलै पुरुषले आफ्नो पीडालाई खुलेर भन्दैनन् । ‘उपहार’मा दर्शकले नयाँ कुरा अवश्य पाउनुहुनेछ । ‘उपहार’ले समाज जोड्छ ।

उपहार दर्शकका लागि सफलताको उपहार बन्न सक्छ भन्ने आधार के छन् ?

 

हाम्रो प्रोडक्टलाई दर्शकले स्वीकार्नुहुन्छ भन्नेमा आशावादी छु । हामीले मेहनत गरेका छौं । ५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनावमुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ ।

‘उपहार’का अन्य कलाकारसँगको सहकार्य अनुभव ?

नयाँ र केही पुराना पुस्तासँग काम गर्ने मौका मिल्यो । सबै राम्रो काम गर्नुहुन्छ । मैंले उहाँहरुको कामलाई गहन तरिकाले हेरिन । उहाँहरुले राम्रो काम गर्नुहुन्छ र गर्नुभएको छ भन्नेमा म ढुक्क छु ।

नयाँ कलाकारमा स्टारडमको घमण्ड देख्नुभयो या भविष्य ?
साँचो कुरा गर्नुपर्दा उहाँहरुमा मैंले त्यस्तो केही देखिन ।

उहाँहरु मेहनती हुनुहुन्छ । उहाँहरुमा घमण्ड भन्दा पनि संघर्ष गरेर भविष्य बनाउन सकिन्छ भन्ने अवसर देखें ।

फिल्म रिलिजको समय नजिकिँदैछ । फिल्म प्रमोसनको दौडधुपलाई कत्तिको ‘मिस’ गरिरहनुभएको छ ?

मैले अमेरिकाबाट पनि अन्तरवार्ता दिइरहेकी छु । भौतिक रुपमा नेपालबाट टाढा भए पनि प्रविधिको हिसाबले नेपालसँग नजिक छु । त्यहाँका पत्रकार साथीभाइहरुसँग प्रत्यक्ष अन्तरक्रिया, गफगाफ चाहिँ ‘मिस’ गरिरहेकी छु । फिल्म युनिटलाई पनि उत्तिकै सम्झिइरहेकी छु ।

विवाह र सन्तान प्राप्तिपछि अभिनेत्रीको करियरबारे प्रश्न उठ्छ । विवाहपछि तपाईंको करियर चम्कियो ।

 

सन्तान प्राप्तिपछि करियरले निरन्तरता पाउला ?

 

यो पुरुषवादी चिन्तन हो । महिलाले चाहँदैमा करियर रोकिने होइन । सन्तान, विवाह इच्छा विपरितको कर्म होइन । म ‘उपहार’ पछि नयाँ प्रोजेक्ट गर्दैछु । त्यसको तयारी पनि भइरहेको छ । करियरको निरन्तरता कसैको इच्छा विपरित हुँदैन । मेरो निरन्तरता कायमै हुनेछ ।

बेबी प्लानसहित तपाईं अमेरिका उड्दा तपाईंको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आलोचना गर्नुभयो ।

 

रिस त पक्कै उठ्यो होला नि ?

अरुले भन्दा रिस उठेको थिएन । किनकी उनीहरुले मलाई माया गरेर, केयर गरेर भनेको बुझेको छु । म प्रति उहाँहरुले देखाएको माया र आश हो त्यो । तर नेता भएको मान्छेले एउटा नारीको विषयमा त्यसरी बोल्दा चाहिँ मलाई रिस उठ्यो । म देश बिग्रियो भनेर अमेरिका आएको होइन ।

नेपाल सम्भावना बोकेको देश हो । नेताले स्वास्थ्य लाभको कामना गर्नुपर्नेमा उल्टै आलोचना गरे । उनले पार्टीको अध्यक्षको हैसियत देखाए । सन्तान जन्माउने समय एउटा महिलाका लागि ठूलो प्रतिक्षाको घडी हो ।

यस्तो बेला शत्रुले पनि स्वास्थ्य लाभको कामना गर्छ । यिनै अर्काको नाममा रोटी सेक्ने र अरुलाई गाली गर्नेले देश बिगारेका छन् ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...