API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

समाज कल्याण परिषद् ऐन समयसापेक्षित सुधार गरिन्छ : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद् ऐनलाई समयसापेक्षित तरिकाले सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार सार्वजनिक लेखा समिति बसेको बैठकमा उनले समाज कल्याण परिषद्को ऐन सुधार नगर्ने हो भने आशा गरे अनुसार उपलब्धी दिन नसक्ने बताए ।

उनले भने, ‘समाज कल्याण परिषद् एउटा स्वायत्त संस्थाको रुपमा सञ्चालन हुदैँ आईरहेको छ । परिषद् ऐन २०४९ अन्तरगत दर्ता भएर आफ्नै किसिमको नियम अनुसार चल्दै आएको छ । यसमा मन्त्रालयको कुनै प्रकारको हस्तक्षप छैन् ।

यसलाई समयसापेक्षित तरिकाले सुधार गर्नुपर्ने आवश्यकता छ । किनभने यो ऐन निकै पुरानो भइसकेको छ । वर्तमान अवस्थामा पुरानो ऐनले नै चल्छ जस्तो लाग्दैँन् ।’

उनले परिषद्का कामहरुमा सुधार गर्नको लागि मन्त्रालयले विशेष अदालतका पूर्व न्यायधीशको संयोजकत्वमा छानबिन समिति बनाएको भन्दै समितिले आफ्नो काम अगाडि बढाइरहेको जानकारी दिए ।

यस्तै, उनले परिषद्ले सही तरिकाले काम नगरेको भन्दै यसको प्राथमिक क्षेत्र निर्धारण गर्न आवश्यक भएको पनि बताए ।

उनले भने, ‘यो परिषद्ले गरेका कामहरु कसरी सुधार गर्न सकिन्छ भनेर हामीले विशेष अदालतका पूर्वन्यायधीशको संयोजकत्वमा छानबिन समिति बनाएका छौ । त्यसको रिपोर्ट अब केही दिनमा आउँछ र त्यसलाई अगाडि पनि बढाउँछौ ।

समाज कल्याण ऐनको आन्तरिक प्रशासनमा केही सुधार गर्नेतर्फ हाम्रो सोचाई रहेको छ र यसले प्राथमिकता अनुसार गर्नुपर्ने काम पनि गरेको छैन् । यसमा राज्यले प्राथमिक क्षेत्र निर्धारण गरिदिनुपर्छ ।’

मन्त्री आचार्यले अन्तार्राष्ट्रिय दातृ संस्था वा आइएनजिओहरुले ठूलो रकम खर्च गरेको देखाउने गरेको तर काम नहुने गरेको साथै वैदेशिक अनुदान पनि सोझै अर्थ मन्त्रालयबाट परिचालन भइरहेकाले त्यसको नियमन गर्न मन्त्रालयले कदम चाल्ने बताए ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...