CG Electronics
IME Life
NIMB

समाज कल्याण परिषद् ऐन समयसापेक्षित सुधार गरिन्छ : मन्त्री आचार्य

NIMB
Himalayan Bank

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद् ऐनलाई समयसापेक्षित तरिकाले सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार सार्वजनिक लेखा समिति बसेको बैठकमा उनले समाज कल्याण परिषद्को ऐन सुधार नगर्ने हो भने आशा गरे अनुसार उपलब्धी दिन नसक्ने बताए ।

उनले भने, ‘समाज कल्याण परिषद् एउटा स्वायत्त संस्थाको रुपमा सञ्चालन हुदैँ आईरहेको छ । परिषद् ऐन २०४९ अन्तरगत दर्ता भएर आफ्नै किसिमको नियम अनुसार चल्दै आएको छ । यसमा मन्त्रालयको कुनै प्रकारको हस्तक्षप छैन् ।

यसलाई समयसापेक्षित तरिकाले सुधार गर्नुपर्ने आवश्यकता छ । किनभने यो ऐन निकै पुरानो भइसकेको छ । वर्तमान अवस्थामा पुरानो ऐनले नै चल्छ जस्तो लाग्दैँन् ।’

उनले परिषद्का कामहरुमा सुधार गर्नको लागि मन्त्रालयले विशेष अदालतका पूर्व न्यायधीशको संयोजकत्वमा छानबिन समिति बनाएको भन्दै समितिले आफ्नो काम अगाडि बढाइरहेको जानकारी दिए ।

यस्तै, उनले परिषद्ले सही तरिकाले काम नगरेको भन्दै यसको प्राथमिक क्षेत्र निर्धारण गर्न आवश्यक भएको पनि बताए ।

उनले भने, ‘यो परिषद्ले गरेका कामहरु कसरी सुधार गर्न सकिन्छ भनेर हामीले विशेष अदालतका पूर्वन्यायधीशको संयोजकत्वमा छानबिन समिति बनाएका छौ । त्यसको रिपोर्ट अब केही दिनमा आउँछ र त्यसलाई अगाडि पनि बढाउँछौ ।

समाज कल्याण ऐनको आन्तरिक प्रशासनमा केही सुधार गर्नेतर्फ हाम्रो सोचाई रहेको छ र यसले प्राथमिकता अनुसार गर्नुपर्ने काम पनि गरेको छैन् । यसमा राज्यले प्राथमिक क्षेत्र निर्धारण गरिदिनुपर्छ ।’

मन्त्री आचार्यले अन्तार्राष्ट्रिय दातृ संस्था वा आइएनजिओहरुले ठूलो रकम खर्च गरेको देखाउने गरेको तर काम नहुने गरेको साथै वैदेशिक अनुदान पनि सोझै अर्थ मन्त्रालयबाट परिचालन भइरहेकाले त्यसको नियमन गर्न मन्त्रालयले कदम चाल्ने बताए ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...